Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो । अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन । बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गनए पाइने छैन । अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन । जिल्लाभित्र विकास निर्माणका…
काठमाडौं: पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट उच्च समाचार स्रोतले पहिलोक्लिकलाई जानकारी दियो ।
काठमाडौँ: कोरोनाले गएको २४ घण्टाको १९ को ज्यान लिएको छ भने ५७ सय ६ जना संक्रमित थपिएका छन् । २४ घण्टामा १२८७ जना कोरोनालाई जित्न सफल भएका छन् भने देशभर ४३ हजार २१३ आइसोलेसनमा छन् भने ६७ जना क्वारेण्टिनमा छन्।
काठमाडौँ: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ । शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘आज शनिवार…
काठमाडौँ: सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीका अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ। हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ। अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए। गत वर्ष श्रमिकहरूको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि सरकारले न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न सकेको थिएन। अघिल्लो…
नेपालगन्ज: बाँकेमा बढ्दै गइरहेको कोरोना संक्रमणसंगै ज्यान गुमाउनेको संख्या पनि तीव्र रुपमा वृद्धि भइरहेको छ । शुक्रबार राति बाँकेका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृतकहरु बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते भर्ना भएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो । उनको त्यसअघि नै मृत्यु भइसकेको थियो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का…
धनुषा: धनुषामा एक महिलाले दुई देवरसँग मिलेर पतिको हत्या गरेकी छन्। धनुषाको हंसपुर नगरपालिका वडा नं ६ टिल्हीका बद्री मण्डलका ३५ वर्षीय छोरा शम्भु मण्डलको हत्या भएको हो। स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मिलेर पतिको हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले नेपालखबरलाई जानकारी दिए।सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन्। उनका अनुसार शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको हत्या गरेका हुन्। मोबाइलका तीनवटा चार्जरको तारले घाँटी कसेर र छुराले रेटेर हत्या गरेको शवको प्रकृतिले देखिएको छ। घटनापश्चात् तीनैजना फरार भएका छन्। डीएसपी मिश्रका अनुसार…
रुपन्देही, दाङ, बाँके: अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए । कोरोना पुष्टि भएपछि बेड पाएनन् । परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए । कतै बेड खाली पाएनन् । संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल पुर्याइयो । त्यहाँ पुर्याएको दुई घण्टापछि उनको मृत्यु भयो । ‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि ?’ मृतककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’ श्वासप्रश्वासमा समस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक…
काठमाडौँ: कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लागू भएको छ । यस्तै चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा छ । बर्दियामा, सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोट र कालिकोटमा पनि निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै कैलाली, कञ्चनपुर र डडेल्धुरा, दार्चुलामा निषेधाज्ञा जारी गरिएको छ । तीन जिल्लामा मध्ये केहीमा आंंशिक र अधिकांशमा जिल्लाजिल्लाभर निषेधाज्ञाको गरिएको छ ।
काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रिय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षको ७ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडाको आधारमा यो वृद्धिदरको प्रारम्भिक अनुमान विभागले सार्वजनिक गरेको हो । सोही बृद्धिदर गत आर्थिक वर्षमा २.१२ प्रतिशत ऋणात्मक हुने संशोधित अनुमान छ । कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढेको छ । तर प्राथमिक र द्वितीय क्षेत्रको योगदान भने घटेको छ । कुल ग्राहस्थ उत्पादनमा कृषि, वन, मत्स्य र खानी उत्खननको योगदान २६.४ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षमा धान उत्पादनको बृद्धिले यस क्षेत्रको बृद्धिमा योगदान दिएको…
