Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए । सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उनको भनाइ छ । रेल सेवा सञ्चालन गर्न आवश्यक ‘कोर’ प्राविधिक जनशक्ति आपूर्तिका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पाेरेसनसँग सम्झौता हुने र जनशक्ति नेपाल आइपुग्ने महाप्रबन्धक भट्टराईले…

Read More

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजनको असर राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा पनि परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको समितिको ४८ औं बैठकमा अन्य प्रदेशका मुख्यमन्त्रीहरु उपस्थित भए पनि प्रचण्ड–माधव पक्षबाट मुख्यमन्त्री बनेका दुई प्रदेशका मुख्यमन्त्रीहरु भने उपस्थित भएनन्। बालुवाटारमा बोलाएको बैठकमा प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, वागमतीका डोरमणि पौडेल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल उपस्थित थिए। तर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने उपस्थित भएनन् । उनीहरु दुवै तत्कालीन माओवादीबाट मुख्यमन्त्री भएका थिए। गत साता प्रधानमन्त्री धनगढी जाँदा पनि भट्ट प्रधानमन्त्रीलाई स्वागत…

Read More

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम गर्नुपरेन ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेत, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली लगायतले १२ वटै रिटमाथि बृहत पूर्ण इजलासमा…

Read More

काठमाडौँ: नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्। नयाँ दिल्लीको हैदरावाद हाउसमा सो बैठक सुरु भएको हो। भारतको तीन–दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिजो बिहीबार नयाँ दिल्ली पुगेका हुन्। बैठक सुरु हुनुअघि परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच भेटवार्ता भएको थियो। त्यसलगत्तै संयुक्त आयोगको बैठक सुरु भएको हो। दुई मन्त्रीले अध्यक्षता गर्ने सो बैठकमा द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे छलफल हुने कार्यक्रम छ। भारतस्थित नेपाली दूतावासका अनुसार दुई मन्त्रीबीचको भेटका क्रममा दुवैतर्फका राजदूत र…

Read More

काठमाडौं: नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले आज अनलाइन कार्यक्रम आयोजना गरीे बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि ‘कर्पोरेट पे’ प्रणालीको सुरुवता गरेको छ । यस प्रणालीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिएको समग्रमा डिजिटल भुक्तानीको इकोसिस्टम विकास गरी नगदबाट इलेक्ट्रोनिक चेक हुँदै नगदरहित डिजिटल प्रणाली कार्यान्वयन गर्न एनसीएचएलले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । उनले नगदको प्रयोग कम गरी डिजिटल अर्थतन्त्र तिर जोड दिने नेपाल राष्ट्र बैंकको नीतिलाई आजको यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले थप टेवा पुर्याउने विश्वास लिएको बताए । ‘कर्पोरेट पे’ प्रणालीमार्फत बैंक वित्तीय संस्थाका कर्पोरेट ग्राहकहरुको कारोबार पनि डिजिटलमा लगी…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु ‘असंवैधानिक’ भएको दावी सहित सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबार सुनुवाइ सुरु भएको छ। सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गरेका छन् । आजको बहस पनि यो मुद्दा संवैधानिक इजलासबाट हेर्ने कि बृहत् पूर्ण इजलासबाट हेर्ने भन्नेमा नै केन्द्रीत रहेको छ । आजको बहसमा अधिवक्ता भट्टराईले संवैधानिक कुराको निरुपण संवैधानिक इजलासबाट नै हुनुपर्ने जिकिर गरे । यसमा बृहत् पूर्ण इजलास आवश्यक नरहेको उनको तर्क थियो । ‘गत पुस ८ मा प्रधानन्यायाधीशको एकल इजलासबाट नै यो मुद्दा संवैधानिक इजलासमा पठाइएको थियो । अब प्रधानन्यायाधीशले फेरि बृहत् पूर्ण इजलास…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम संविधान विपरित भएको कानुनविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी संगठनद्वारा बिहिबार काठमाडौँमा आयोजित ‘प्रतिनिधि सभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रियात्मक कार्यक्रम कानुनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताएका हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रधानमन्त्रीले संसद विघटनको विषय राजनीतिक भएको भने पनि यो विषय संवैधानिक विषय नै भएको बताए । संविधानको धारा उल्लेख गरेर संविधान विघटन गर्ने अनि सार्वजनिक रुपमा बोल्दा राजनीतिक विषय भन्ने कुरा नसुहाउने पूर्वन्यायाधिश लालले बताए । संविधानको धारा ७६ को उपधारा ७ स्वतन्त्र रुपले प्रयोग गर्न सक्ने धारा नभएको उनले बताए ।…

Read More

काठमाडौं: चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट मिल्ने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभाले उक्त निर्णय गरेको हो । साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो । चन्द्रागिरि हिल्सको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए । स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६…

Read More

काठमाडौँ: यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा हुने भएको छ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ भोलि माघ २ गते दिउँसो १ः३० बजे आयोजना हुने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले सो जानकारी दिए । थिमिमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूल आयोजक समितिले आमन्त्रण गरेको र उनबाट…

Read More

काठमाडौँ: प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (बिहीबार) दिउँसो बस्दै छ। स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिए। बैठकको एजेन्डाबारे भने केही जानकारी नगराइएको उनले बताए। ‘दिउँसो ३ बजेका लागि बैठकको सूचना आएको छ, एजेन्डाबारे केही बताइएको छैन’, नेपालखबरसँग पोखरेलले भने। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ। पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो। बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह…

Read More