Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज शुक्रबार सेवा नदिने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कार्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गरिएको हो। अब आइतबारबाट कार्यालय खुल्ने कार्यालयले निकालेको सूचनामा उल्लेख छ। परीक्षा नियन्त्रक जोशी होम आइसोलेसन बसेका छन्। विश्वविद्यालयका रोकिएका परीक्षा सञ्चालन गर्नेबारे गत असोज ६ मा भएको बैठकमा जोशी सहभागी थिए। उक्त बैठकमै सहभागी आइओएमकी डिनसमेत रहेकी प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो। शाहमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षण गरिएकोमा उक्त बैठकमै सहभागी जोशीमा पनि पोजेटिभ रिपोर्ट आएको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नियन्त्रणकको दैनिक…
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ । यसैगरी, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ । भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र…
काठमाडौं । सरकारले लोकसेवा आयोगबाट बाँकी रहेका परीक्षा सञ्चालन गर्न, नयाँ पदपूर्तिका लागि बिज्ञापन आह्वान गर्न अनुमति दिने निर्णय भएको छ । कोरोनाका कारण गत बैशाखमा रोकिएका प्रक्रियाहरु थाल्न लोकसेवा आयोगलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्ने गरी परीक्षा संचलान गर्न दिने बारे निर्णय भएको र यसकोबारे राजपत्रमा सूचना प्रकाशन गरिने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै, केही करका दर घटाउने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ अन्तर्गत रहेका करका दरहरु घटाउने निर्णय गरेको हो…
काठमाडौं: अन्ततः विद्युतीय सवारीमा वृद्धि गरिएको करको दर घट्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत विद्युतीय सवारीको करको दर वृद्धि गर्ने निर्णय गरेको सरकारले निर्णयको ४ महिना पछि सो विषयमा पुनर्विचार गरेको हो । बजेट बक्तव्य जारी भएको ठिक ४ महिना पछि बिहीबार असोज १५ गते मन्त्रिपरिषदको बैठकबाट सरकारले करको दर र अन्तशुल्कमा पुनर्विचार गर्ने निर्णय गरेको हो । योसँगै यसअघि वृद्धि भएको विद्युतिय सवारीको कर समेत घट्ने भएको हो। यद्यपि करको दर कति घट्छ सो भने संशोधित कार्यविधिले निर्धारण गर्नेछ । यसअघि विद्युतीय सवारीमा ९० प्रतिशतसम्म भन्सार छुट दिइरहेकोमा चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले…
काठमाडौँ: सर्वोच्च अदालतले निःशुल्क पीसीआर परीक्षण गर्न सरकारका नाममा परमादेश जारी जारी गरेको छ । यससँग अब कोरोना भा्रइरस संक्रमण नियन्त्रणका लागि गरिने परीक्षण पीसीआरका लागि शुल्क तिर्नु नपर्ने भएको हो । सर्वोच्चका न्यायाधिशद्धय आनन्द मोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निःशुल्क पीसीआर परिक्षण गर्न परमादेश जारी गरेको अधिवक्ता लोकेन्द्र वलीले बताए । अधिवक्ताद्धय केशरजंग केसी र लोकेन्द्र वलीले भदौ २८ गते पीसीआर परिक्षण निःशुल्क हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । फैसलाको पूर्ण पाठ केही दिनभित्र आउने बताइएको छ ।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । “आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ । ठूलो र खुल्ला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले…
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ । निगमले बिहीबार राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १/१ रुपैयाँका दरले घटाएको हो । डिजेल तथा मट्टितेलको मूल्य ८९ रुपैयाँ कायम गरिएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैयाँ नै यथावत रहेको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा घटेको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो ।
काठमाडौँ: सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताए । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए । त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला…
काठमाडौं: सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए । ‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन’ मन्त्री ज्ञवालीेले भने । उनले डा. केसीका धेरै माग पूरा भइसकेको र पूरा गर्न बाँकी विषयमा पछि छलफल गर्न सकिने बताए । ‘केही…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसैबीच नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९११ जनामा कोरोनाको संक्रमण पुष्टि…
