Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: जारी विश्वकप फुटबलको दोश्रो क्वाटरफाइनल खेलमा क्रोएसियाले आयोजक राष्ट्र रुसलाई पेनाल्टि सुटआउटमा ४-३ गोलले हराउंदै सेमिफाइनल प्रवेश गरेको छ । खेल निश्चित समयसम्म दुई दुईको गोल भएपछी खेल पेनाल्टि सुटाउटमा धकेलिएको थियो । रसियाले खेलको मध्यान्तरअघि चेरिसेभको ३१ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो भने त्यसको लगत्तै ३७ मिनेटमा क्रोएसियाका क्रामारिकले बराबरी गोल फर्काएका थिए । त्यसपछि अर्को दोश्रो गोल्ड क्रोयसियाका भिडाले १०१ औं मिनेटमा र रसियाका फ़ेर्ननडेजले ११५ मिनेट पुनः दुइ दुइ गोलको बराबरी गरेपछि खेल पेनाल्टिसुटाउट पुगेको थियो । सेमिफाइनल खेलहरु मंगलबार हुनेछन् ।
काठमाडौँ: बिश्वकप फुटबलको क्वाटरफाइनलको आज भएको तेश्रो खेलमा इङ्ल्याण्डले स्वीडेनलाई २-० हराउंदै सेमिफाइनलको यात्रा पक्का गरेको छ । यो जित संगै इङ्ल्याण्ड २८ वर्ष पछि बिश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । इङ्ल्याण्डका हेरी मक्वारीले पहिलो हाफको ३० औं मिनेटमा स्वीडेन बिरुद्ध गरेको गोलले अग्रता दिलाएका थिए भने दोश्रो हाफको ५८ औं मिनेटमा डेलीअलिले गरेको गोलले इङ्ल्याण्डलाई जितको सुनिश्चित गराएका थिए । स्वीडेनले आक्रामक रुपमा खेल खेलेपनि कुनै गोल गर्न नसक्दा क्वाटरफाइनलबाट बाहिरिनु परेको थियो । यो जितसंगै उसको भेट आजै राति हुने रशिया र क्रोयोसियाबीच हुने खेलको बिजेतासंग हुनेछ ।
काठमाडौँ : नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा विद्युत्को मूल्य बढाउने प्रस्ताव भारतीय पक्षले गरेको थियो । भारतले २० प्रतिशतसम्म महसुल बढाउन प्रस्ताव गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले हाल खरिद गरिरहेको विद्युत्को मूल्य नै बढी भएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले अस्वीकार गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नेपालले हाल खरिद गरिरहेको विद्युत्को मूल्य…
काठमाडौँ : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले एकिकृत कृषि खेती प्रणालीमार्फत उत्पादन, सामाजिक परिचालन र बजारीकरणमा समेत सहकारीले योगदान दिनुपर्ने बताएका छन् । उनले नेपालका अधिकांश भूमी खण्डिकरण र टुक्रा टुक्रा अवस्थामा रहेका कारण कृषि उत्पादनमा चुनौती रहेको बताए । उनले ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवस र २५ औं राष्ट्रिय सहकारी सहकारी महासंघ दिवसको अवसरमा बोल्दै जमिन खण्डिकरणको समस्याका कारण कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न समस्या आइरहेको बताए । पत्येक बर्ष जुलाईको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यसै अवसरमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय…
काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको सो विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ । वाइड बडी विमानले पहिलो गन्तव्यको रुपमा हाल उडान गरिरहेको दोहा, भारतको बैंगलोर र थाइल्याण्डको बैंककमा उडान भर्ने तयारी गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । दोहामा हप्ताभरी तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन उडान भरिनेछ । प्रवक्ता श्रेष्ठका…
काठमाडौँ: डलर संग नेपाली रुपैयाँ कमजोर हुँदा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा सुनको मूल्य बढ्न गएको छ । विगत एकमहिनामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स १०० डलरले घटेको छ तर स्थानीय बजारमा प्रतितोला सुनको मूल्य एक हजार ५०० देखि दुई हजार रुपैयाँ बढी पर्न गएको सुन ब्यावसायी तेज रत्न शाक्यले बताए । एक महिनामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स एक हजार ३५० डलर बाट घटेर एक हजार २५५ डलर पुगेको छ । उनले भने -‘नेपाली रुपैयाँ कमाजोर हुँदा हाम्रो लागत बढी पर्न जान्छ । हामीले एक डलरको लागि धेरै नेपाली रुपैयाँ खर्च गर्नु पर्ने भएकोले स्थानीय…
काठमाडौँ: साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलब ८८ अंकले बढेर अन्तिम दिन १ हजार २२४ दशमलब ४१ अंकमा पुगेको छ । यस साता उतपादन मूलक समूह बाहेक सबै समूहको परिसूचक वृद्धि आएको छ । बाणिज्य बैंक समूहको परिसूचक २९ दशमलब ८९ अंकले, विकास बैंक ५४ दशमलब ७५ अंकले, बित्त ८ दशमलब ७७ अंकले र लघुवित्त ८३ दशमलब ८८ अंकले बढेको छ । त्यसैगरी, होटल समूहको परिसूचकमा ८८ दशमलब २२ अंकको, जलबिधुत ४१ दशमलब ५४ अंकको, बिमा ३ सय ३३ दशमलब १८ अंकको र अन्य समूहको परिसूचकमा १२ दशमलब ०९ अंकको सुधार आएको छ । उत्पादन मूलक समूहमा भने…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको हो । बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको कार्यदललाई ३ दिन समय दिइएको छ । कार्यदललाई नियमावलीलाई अन्तिम रुप दिएर प्रकाशन गर्ने कार्यादेश दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कार्यदलले तयार पार्ने नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर त्यही दिन प्रकाशनका लागि पठाउने निर्णय भएको छ ।
रत्ननगर: पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले दुई लाख ५० हजार रुपैयाँ धरौटी माग गरेकामा बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । डल्लाकोटीसहितको एक समूहले गत वैशाख १७ गते त्यहाँका किसानको बगानमै पसेर केरा फँडानी गर्दा तीन हजार ९४ बोट केरा काटेको पाइएको थियो । उनीहरुले १२ किसानको १५ लाखभन्दा…
बाजुरा : गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए । मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहरा रहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याउन लागेका छन् । घटनाको थप जानकारी लिन जिप्रकाको टोली घटनास्थल पठाइसकिएको प्रनाउ बोहराले बताए ।