काठमाडौं: गृह मन्त्रालयले उपत्यकाको ३ जिल्लाका प्रशासन कार्यालय र ट्राफिक कार्यालयलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो।
ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।
काठमाडौँ लगायत अन्य क्षेत्रमा ट्रिपरका कारण दिनहुँ धरै दुर्घटना भई धरैको मृतु भैरहेको छ ।
अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार यो नियम साउन १ गतेदेखि कार्यान्वय गर्ने गरी निर्देशन दिएको हो।
गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी अाउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।