Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौंको शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो दुर्घटना हुँदा काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए। साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडमा सडकबाट तल खसेर टेम्पो दुर्घटना भएको हो। टेम्पो सडकबाट झण्डै २५ मिटर तल पुगेको छ। घाइते सबैको अवस्था सामान्य रहेको खरेलले जानकारी दिए। उनीहरूको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ।

Read More

काठमाडौँ: नेपालमा यही कात्तिक ७ गते अर्थात् भाेलि शुक्रबारदेखि विज्ञापनरहित प्रशारण (क्लिनफिड) नियम लागू हुने निश्चित भएको छ। यही कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन्। मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको सो निर्णयलाई ‘ऐतिहासिक निर्णय’ भएको बताएका छन्। ‘२०७६ कात्तिक ६ गतेदेखि लागू भएको विज्ञापनको नियमन गर्ने ऐन २०७६ को दफा ६ मा विज्ञापनरहीत प्रशारण गर्नुपर्ने व्यवस्था रहेका छ’ उनले भने, ‘नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुले विज्ञापनरहीत क्लिनफिड प्रशारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डविङ गरी प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन…

Read More

काठमाडौँ: कर्णाली प्रदेशको नेकपा संसदीय दलमा देखिएको विवादको छिनोफानो गर्न आज (शुक्रबार) संसदीय दलको बैठक बस्दै छ। सत्तारुढ नेकपाको केन्द्रमासमेत निकै चर्चा पाएको यो विवाद समाधानको लागि नेकपा प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो। बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको नेकपा कर्णाली प्रदेश सभा संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन्। नेपालीका अनुसार बैठकमा संसदीय दलमा पेस भएको मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। उनले केन्द्रले समेत मिलाउन नसकेको प्रदेश संसदीय दलको विवाद अब प्रदेशबाटै मिल्ने दाबी गरिन्। ‘आज संसदीय दलबाटै विवादको छिनोफानो गरिनेछ,’ उनले भनिन्, ‘यसको लागि विवादित पक्षसँग छलफल गरी समस्या…

Read More

काठमाडौँ: आईपीएलको १३ औँ सिजनको ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै राजस्थानले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले उक्त लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । हैदराबादलाई जीत दिलाउन मनिष पाण्डेले आईपीएलमा आफ्नो १८ औँ अर्धशतक लगाउँदै नटआउट रहँदै ८३ रन बनाए । त्यस्तै, विजय शंकरले आईपीएलमा आफ्नो तेस्रो अर्धशतक लगाउँदै नटआउट ५२ रन बनाए । दुई जनाले तेस्रो विकेटका लागि १ सय ४० रनको साझेदारी गरे । मनिष पाण्डे म्यान अफ द म्याच चुनिए । राजस्थानका…

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ थियो । पछिल्लो २४ घण्टामा थप ३२१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण…

Read More

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी जम्मा १५५२ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार ९हिजो० काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट गणना गरिनेछ । बोर्डले ४० प्रतिशत लब्धाङकका लागि अनलाइन परीक्षासमेत गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न…

Read More

काठमाडौँ: नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिए । तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी पसल, ३८ माछा÷मासु पसल, १९ ग्यास सिलिण्डर उद्योग, ९० पेट्रोल पम्प, १४५ सुनचाँदी…

Read More

काठमाडौं: भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा ‘गुप्तचर शैली’कै भ्रमण सकेर बिहीबार फर्किएका छन् । उनी बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । विमानस्थल स्रोतका अनुसार गोयल सोही विमानमा बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किएका हुन् । उनी आएको र गएको बाहेक सम्पूर्ण गतिविधि भने गोप्य नै रह्यो । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले ‘रअ’का प्रमुख काठमाडौं आएको पुष्टि गरे । उनले कान्तिपुरसँग भने, ‘यो औपचारिक भ्रमण होइन, उहाँको व्यक्तिगत वा धार्मिक भ्रमण हुन सक्छ ।’ भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा…

Read More

काठमाडौँ: विशेष विमानबाट काठमाडौं ओर्लेको केही घण्टापछि नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन्। कुटनीतिक स्वीकृति लिएर बुधबार करिब पौने एक बजे गोयल विशेष विमानबाट आफ्नो नौ सदस्यीय टोलीसहित काठमाडौं ओर्लेका थिए। उच्च सुरक्षा स्रोतहरूका अनुसार लगत्तै काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिका होटलमा चेकइन गरेर केही समय आराम गरेका उनी त्यसपछि लैनचौरस्थित भारतीय दूतावास गएका थिए। सुरक्षा स्रोतहरूले गोयलका लागि द्वारिका होटलमा कोठा बुक गरिएको बताएका छन्। तर होटल हायातका उच्च तहका कर्मचारीहरूले भने हायातमा गोयलको टोलीका लागि सुनिल गोयलको नाममा दुई वटा स्वीटसहित ८…

Read More