Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
- मूल्य पारदर्शिता सप्ताहलाई महासंघको ऐक्यवद्धता,अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान
- एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अवहेलनाको मुद्दा सर्वोच्चमा पेश गरेका थिए। आचार्यले माघ ११ गते पेश गरेको मुद्दा आज सर्वोच्चमा दर्ता भएको हो । त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अवहेलनाको मुद्दा पेश गरेका थिए। २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध उनले मुद्दा हालेका हुन्। प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए। अदालतको बहसलाई तमासा र कानुन…
काठमाडौँ: नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण हुने भएको छ । सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्र हस्ताक्षर भएको छ । सम्झौता नुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न सम्झौतामामा…
काठमाडौँ: लगातार चार कारोबार दिनमा ११४ अंक माथि उक्लिएको नेप्सेमा पाँचौ कारोबार दिनमा करिब १८ अंकको करेक्शन आएको छ । अल्पकालिन लगानीकर्ता नाफा बुकिङ्गमा लाग्दा बजारमा बिक्री चाप परेको हो । साथै गत आइतबारदेखि बजारमा टि प्लस टु लागू भएकाले पनि कारोबारमा तिब्रता आएको हो । बजार घटेपनि कारोबार रकमले भने साथ छाडे्को छैन् । यसले आगामी बजारको बुलिस प्रवृति कायमै रहको जनाउने बजार विश्लेषकहरु बताँउछन्। तीब्र उतार चढावका बीच मंगलबार नेप्से सूचक १७.७९ अंकले घटेर २४२३.०९ विन्दुमा बन्द भएको छ । सुरुवाती कारोबारमा भने नेप्से सूचक हालसम्मकै उच्च २४६१ विन्दुसम्म उक्लिएको थियो । यसदिन २०७ कम्पनीका १ करोड…
काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बस्ने बैठकमा मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्। यससँगै कांग्रेसको १४ औं महाधिवेशनबारे पनि छलफल हुनेछ। कांग्रेसले फागुनमा महाधिवेशन तोके पनि त्यसअनुसार तयारी गरेको छैन। क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम अर्घाखाँची जिल्लाले मात्रै सकेको छ अरू जिल्लामा जारी छ। सिन्धुपाल्चोकलगायत केही जिल्लामा समायोजनका काम नै सकिएका छैनन्। त्यहाँ क्रियाशील सदस्यताका काम पनि बाँकी नै छ। यस्तै प्रदेशहरूमा पार्टी सरकारमा जाने वा नजाने भन्ने पनि केन्द्रीय समितिमा छलफलको विषय छ। बागमती…
काठमाडौँ: मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईमा भने बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । बाँकी भू-भागको मौसम सामान्यतय सफा रहेको छ । आज दिउँसो गण्डकी प्रदेश र प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकतामा थप बल पुगेको बताएका छन् । नेकपाका दुई समूह ओली पक्ष र दाहाल-नेपाल समूहले एक-अर्कामाथि आरोप-प्रत्यारोप लगाइरहेका बेला पार्टी एकताको पक्षमा रहेका नेता गौतमले निर्वाचन आयोगको निर्णयले एकता राष्ट्रिय अभियानलाई थप बल पुगेको बताएका हुन । उनले भने, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।” उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने बताए । उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले…
काठमाडौँ: सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको देखिएको छ। २०७२ साल चैत्रदेखि पाइलट प्रोजेक्टका रुपमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको नदेखिएको हो । कार्यक्रम शुरु भएको ५ वर्ष हुन लाग्दा पनि लक्ष्य अनुसार आकर्षण नबढेको देखिएको हो । सबै नागरिकलाई सहज रूपमा स्वास्थ्य उपचार दिलाउने उद्देश्यका साथ सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रम लक्षित बर्गमा नपुगेको सरोकारवाला बताउँछन् । जनचेतनाको अभाव, दर्ता सहयोगीले गर्ने लापरबाहीका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरुको भनाई छ । बोर्डका कार्यकारी प्रमुख दामोदर बसौला समेत कार्यक्रम लक्षित वर्गमा पुग्न नसकेको स्वीकार गर्छन् र्। कार्यक्रम विस्तार भएको ५ वर्ष…
काठमाडौँ: नेकपाको दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माघ १३ देखि २८ गतेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते सिठ्ठी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् । पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले दुई चरणको संघर्ष सफलतापूर्वक सञ्चालन भइसकेकाले संसद विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष जारी राख्ने बताए ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ मा काठमाडौँमा गर्ने ‘बृहत् जनसभा’ मा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको छ । ओली समूहको बागमती प्रदेश संगठन कमिटीले सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा हुनेछ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् । निर्वाचन आयोगले पार्टी फुटको मान्यता नदिए पनि तत्काल दाहाल-नेपाल समूहसँग एकताको सम्भावना नरहेको नेता ईश्वर पोखरेलले बताए । एकता…
काठमाडौँ: प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा वहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँगै अलग्गै संविधान भएको भन्दै कटाक्ष गरेका छन् । ‘मैले नयाँ कुरा गर्छु भन्ने होइन । यत्रो मित्रहरूले गरिसक्नुभयो । श्रीमानहरूबाट संविधान पल्टाएर प्रश्न आइरहेको छ । संविधान त्यै हो,’ उनले कटाक्ष गर्दै भने,’ ‘तर प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।’ सुनुवाइका क्रममा…