Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ति बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छन्। मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरूको छलफलका क्रममा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ति नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताइन्। ‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरूलाई खुसी बनाउन सकिँदैन। कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौं’ भन्ने’, मन्त्री अर्यालले भनिन्, ‘तर किसानहरूले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिति राम्रो होइन। दूध उत्पादन गर्‍यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भीर कुरा हो। मान्छेलाई निराश बनाउने ऋण थपाउने…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा हठात प्रतिनिधि सभा विघटनको सिफारिस गरे । प्रधानमन्त्रीले गरेको सिफारिसको मसी सुक्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरिदिइन् । राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको सदरमा संविधानको धारा ७६ (१) र (७) अनि धारा ८५ अन्र्तगत उल्लेख छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध त्यसकै भोलिपल्ट सर्वोच्च अदालतमा रिट दायर भयो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले उक्त सबै रिटलाई ८ पुसमा आफ्नै एकल इजलासमा हेरे । अनि १० पुसमा संवैधानिक इजलासमा सारे । प्रतिनिधि सभा विघटनविरुद्ध परेका ११ वटा रिट मध्ये एउटामात्र संवैधानिक इजलासमा परेको थियो । १० वटा रिट अडिनरी…

Read More

एजेन्सी: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेका छन् । बोरिस जोनसनले यो घोषणा सँगै सबैलाई घरमा नै बस्न अपिल गरेका छन् । मंगलबारदेखि स्कूल, कलेज र युनिभर्सिटी अब रिमोट स्टडी माध्यमबाट चल्नेछन् । बीबीसी संवाददाता गगन सभरवालले लकडाउनको घोषणा सँगै अब मानिसहरु घरबाट बाहिर निस्कन लगभग बन्द हुने र अत्वाश्वयक कामका लागि मात्रै मानिसहरु बाहिर निस्कन सक्ने बताएका छन् । यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने अनुमान गरिएको छ । प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘जसरी संक्रमितको संख्या बढिरहेको छ, यसले यो स्पष्ट पारेको छ कि हामीले थप मिहिनेत गर्न आवश्यक…

Read More

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताको बाँकी काम पुरा गर्न सुझावका लागि कार्यदल गठन गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकीकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको हो । टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीबारे तथा पार्टी संगठनको एकीकरणको बाँकी…

Read More

काठमाडौं: बर्दियामा सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री विनोदकुमार शाहसहित पाँच जना घाइते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री शाह सवार बा २१ च ४७४६ नम्बरको गाडी आज दिउँसो बर्दियाको बाँसगढी नगरपालिका- १, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो । दुर्घटनामा पूर्वराज्यमन्त्री शाहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका- २ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अनिल सिन्हाको एकल इजलासले सोमबार कारण देखाऊ आदेश दिएको हो। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे छलफल गर्नका लागि सर्वोच्चले आगामी २८ पुसमा दुवै पक्षलाई झिकाउने आदेश गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले खबरहबलाई बताए । गत पुस ५ प्रतिनिधिसभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचना घोषणा गरेपछि पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए। मन्त्रिपरिषद् विस्तार विरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले नयाँ मन्त्रीहरुको काममा रोक लगाउन माग राखेका…

Read More

काठमाडौं: धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेसन क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०÷१३२, ३१५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो । प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिए । अहिले ढल्ेकबर सबस्ेटसनमा २२०÷१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभीए छ । अब सबस्टेसनको क्षमता ६३५ एमभीए पुगेको छ । ग्रिड सबस्टेसन क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३१५एमभीएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्च गरिएको हो…

Read More

काठमाडौं: नेकपाको प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ । सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए । यो बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।

Read More

काठमाडौं: कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ गतेसम्मका लागि लम्बिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च स्रोतका अनुसार उक्त रिटमा अब पुस २७ गते सुनुवाइ हुनेछ । यस रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई एकै पटक फैसला दिने तयारी गरेको छ । कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भएपछि उक्त पाठ्यक्रम कार्यान्वयन नगर्न आदेश माग गर्दै भगवता अर्यालसमेतले सर्वोच्चमा रिट दिएका थिए । यस रिटमा गत कात्तिक १९ गते सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ । काठमाडौँ उपत्यकामा १८५ संक्रमित थपिए गएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ महिला र १०३ पुरुष गरी १८५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको हो । थप ५९४ जनामा संक्रमित डिस्चार्ज पछिल्लो…

Read More