Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति भएको बताएका छन्। शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रस्तुत पाँच बुँदे प्रस्ताव फिर्ता लिन पनि मुख्यमन्त्री पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन्। नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली निकट मानिने पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावना विपरित भएको समेत बताएका छन्। प्रचण्डको प्रस्तावमाथि पोखरेलको धारणा ओली समूहमा शुक्रबार साँझ भएको छलफलपछि आएको हो। ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र…
काठमाडौँ: अहिले देशभरका अस्पतालमा ८७ जना काेराेना संक्रमित भेन्टिलेटर तथा ३ सय ८७ संक्रमित आईसीयूमा छन्। स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै ६१ जना भेन्टिलेटरमा र १ सय ६८ जना आईसीयूमा छन् । प्रदेशगत हिसाबमा लुम्बिनी प्रदेशमा आईसीयूमा ७१ र भेन्टिलेटरमा एक जना छन्। गण्डकी प्रदेशमा ६९ जना आईसीयू र ११ जना भेन्टिलेटर, प्रदेश १ मा ४९ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा १४ जना आईसीयू र दुईजना भेन्टिलेटरमा छन् । यसैगरी कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना आईसीयूमा उपचाररत छन् ।
काठमाडौं: सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख…
एजेन्सी: अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले पानामाविरूद्ध संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जापानले १० खेलाडीमा सीमित पानमालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जापानलाई जित दिलाउन ताकुमी मिनामिनोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औँ मिनेटमा लिभरपुलका विंगर मिनामिनोले पेनाल्टीमा निर्णायक गोल गरेका हुन् । ७७औँ मिनेटमा लुइस मेजियाले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित पानामाविरूद्ध जापानले थप गोल गर्न सकेन ।
काठमाडौँ: यमपञ्चकको तेस्रो दिन आज कात्तिक कृष्ण औँसी। आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। आजै बिहान कुकुर तिहार पर्व पनि मनाइँदै छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी साँझ दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो…
काठमाडौँ: यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर…
काठमाडौं: डा. गोबिन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको शंका लागेपछि हिजो गरिएको पीसीआर परीक्षणमा आज रिपोर्ट पोजेटिभ आएको हो । डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्। “केही लक्षण देखा परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण गर्नुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ। उहाँमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ। स्वाश प्रश्वासमा समस्या पनि देखिएको छ,” सुवेदीले भने, “उहाँलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। थप स्वास्थ्य परीक्षण भइरहेको छ।” रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। चिकित्सा शिक्षा सुधारका…
काठमाडौं: नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिमा १० जना नयाँ सदस्य समायोजन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राप्रपाका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना कांग्रेस पार्टीमा प्रवेश गरेकामध्ये १० जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको हो । जसअनुसार थापालाई सहमहामन्त्री बनाइएको छ । बैठकले क्रियाशील सदस्यताको विवरण मंसिर मसान्तसम्म काठमाडौंमा ल्याउने पनि निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतले जानकारी दिए। त्यस्तै बैठकले सांसद सूर्यकुमार केसीको निधनपछि रिक्त रहेको कांग्रेस कोटाको समानुपातिक सांसदमा मोहन पाण्डेलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ…
काठमाडौं:नेकपा सचिवालय बैठक सकिएपनि अहिले बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ नेताहरुको अनौपचारिक बैठक चलिरहेको छ । सचिवालय बैठक सकिएलगत्तै ओलीसहित बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ बैठकमा सहभागी छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक सकिएलगत्तै बाहिरिएका छन् ।
काठमाडौँ: बंगलादेशद्वारा आमंत्रमण गरिएको बंगलादेश र नेपाली राष्ट्रिय टोलि सम्मिलित मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको छ । कोरोना संक्रमणका कारण र एक जना चोटका कारण मुख्य खेलाडीले खेल्न नपाउँदा नेपाली टोली बंगलादेशसामु निरीह जस्तै देखिएको थियो।
