Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सुनको मूल्य लगातार उकालो लागिरहेको छ। अघिल्लो दिनभन्दा १६ सयले बढ्दै बिहीबार कारोबार मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य तीनदिनमा तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । मंसिर महिना सुरु भएपछि घट्न थालेको सुनको मूल्य दुइ सातापछि लगातार बढ्न थालेको हो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार मूल्य एक हजार २सय ५ रुपैयाँ कायम भएको छ । बुधवार तोलामा ३०…
काठमाडौँ: सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ। यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ। त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।
हुम्ला: सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् । आज बिहान ४ बजेदेखि लागेको आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन । सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आलगाली…
काठमाडौँ: कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै सुरू हुने भएको छ। त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ। कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो। बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक…
काठमाडौँ: आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि अपाङ्गता भएका व्यक्तिको २९औँ दिवस मनाइँदैछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार कोरोना भाइरस सङ्क्रमणको महामारीले ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएको जनाएका छन् । महासङ्घका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गरेका छन् । आफूहरुको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत…
काठमाडौँ: दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि ११ मंसिरमा एकैदिन १२ हजार संक्रमितको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख ९८ हजार २९६ जनाको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ३२८ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा…
काठमाडौँ: नेपाल राष्ट्र बैैंकले निष्काशन गरेको निक्षेप संकलन उपकरणका लागि ८७ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ । केन्द्रीय बैंकले बजारको तरलता खिच्नका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दा अधिक माग परेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि २८ दिनका लागि ५० अर्बको निक्षेप संकलन उपकरणको लागि माग गरेकोमा ३२ वटा बैंक तथा वित्तीय संस्थाहरुले ८७ अर्ब रुपैयाँ बराबरको माग आवेदन दिएका हुन् । अधिक आवेदनका कारण निक्षेप संकलन उपकरणको ब्याजदर पनि १ प्रतिशतभन्दा तल झरेको छ । राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट गरेको गोप्य शिलबन्दीका आधारमा…
काठमाडौँ: राजश्व अनुसन्धान विभाले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा ५ कम्पनीका संचालक, प्रोप्राईटर विरुद्ध ४१ करोड रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय समेत मागदावी गरी एकैदिन पाँच वटा मुद्धा दर्ता गरेको छ । विभागले बुधबार झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने उदयपुर जिल्ला त्रियुगा नगरपालिका १२ स्थित राउत ट्रेड कन्सर्नका प्रोप्राईटर कमल बहादुर राउत समेत २ जनाबाट ४ करोड १६ लाख ४६ हजार १६२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ । यस्तै दोलाखा जिल्ला तामाकोशी गाउपालिका स्थित पि.आर.…
अमलेखगञ्ज: हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ । उपभोक्ताहित मञ्च र स्थानीय प्रशासनको सहयोगमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट खटिएको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको हो । रौतहटका अशोक यादवद्वारा विगत करिब चार वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगमा रहेको ४२७ कार्टुन प्याकिङ तेल, बाहिर पार्किङमा रहेको पेट्रोलियम ट्याङ्कर तथा अन्य प्याकिङ गर्न बाँकी रहेको सयौँ लिटर तेल बरामद भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए । त्रिदेव ब्राण्ड नाम उल्लेख गरी गुणस्तहीन…
काठमाडौँ: उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको योग्यता सम्बन्धमा परेको रिट खारेज गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश नरिश्वर भण्डारीको संयुक्त इजलासले रिट निवेदकको दाबी नपुगेको आधार देखाउँदै रिट खारेज गरेको हो । खुला प्रतिस्पर्धाबाट बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका भट्टको योग्यता नपुग्ने दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए । मन्त्रिपरिषदको साउन १९ गतेको बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । उनी प्रमुख कार्यकारी अधिकृत भएपछिको लगानी बोर्डको पहिलो बैठकले ३८ अर्ब रूपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।
