Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरी गत माघ १७ गते आयोगसमक्ष नयाँ महसुल दर बुझाएको थियो । सोहीअनुसार आयोगले आगामी चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाइ गर्ने भएको छ । आयोगले सार्वजनिक सुनुवाइमा सहभागी हुन सबै सरोकार भएका पक्षलाई आग्रह गरेको छ । सार्वजनिक सुनुवाइ फेसबुक, युट्यूब…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको नवौँ दिन आज उहाँको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छन् । त्रिवि शिक्षण अस्पतालमा उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ । उहाँको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मिर्गाैलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसक्नुभएको छ । प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा केही दिनमा निवास फर्काइने तयारी छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले आज उहाँलाई पहिलो पटक भेट्नुभएको छ । यसअघि बुधबार घर फर्कनुपूर्व…
काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कोमल वलीले पुरानो कानूनलाई समसामयिक व्यवस्थासहित परिमार्जन गरिनुपर्ने बताउनुभयो । सांसद प्रकाश पन्थले अध्यागमन विधेयक, २०४९ किन खारेज गर्नु परेको भन्ने कुरा विधेयकमा आएको छैन भन्नुभयो । विधेयकमा दण्ड सजाय बढाइएकाले विदेशी पर्यटक आउन पनि प्रभाव पार्छ कि भन्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद रामनारायण बिडारीले ८० प्रतिशत कानून कार्यपालिकाले बनाउन थाल्नु र २० प्रतिशतमात्र कानून संसद्ले बनाउन थाल्नुले व्यवस्थाप्रति नै निराशा देखाउन खोजेको…
काठमाडौँ : पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा आजदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार शुरु गरेको छ । गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको हो । प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोवार शुरु भएको घोषणा गर्नुभएको हो । कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो । कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो । कैलाशको…
लमजुङ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो । विसं २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम तीव्र भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको निर्माण हालसम्म ९७ प्रतिशत सम्पन्न भइसकको उहाँको भनाइ छ । उहाँका अनुसार बाँध क्षेत्र निर्माण, विद्युत्गृह, इलेक्ट्रोमेकानिकललगायतको काम केही प्रतिशत मात्र गर्न…
काठमाडौँ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ । मुलुकको सीमा जोडिएको देशमा कोभिड–१९ फैलिएकाले विश्व स्वास्थ्य सङ्गठनले जोखिम देशको सूचीमा नेपाललाई पनि राखेको छ । त्यसैले अहिले सरकारले सम्भावित जोखिम क्षेत्र पहिचान गरी रोकथामका उपाय अवलम्बन गर्दै निगरानी बढाइरहेको छ । विश्वमै यसको औषधि पत्ता लागेको छैन । केही दिनअघि मात्रै केही स्थानीय तहबाटै विज्ञप्ति जारी गरेरै कोरोनाको औषधि भनेर अनावश्यक प्रचार भएको थियो । सामाजिक सञ्जाल र कतिपय अनलाइन मिडियामा खुर्सानी, लसुन, बेसार, अल्कोहलले कोरोना निको पार्छ भनेर अफवाह फैलाइरहेकाले सरकारले स्वास्थ्य मन्त्रालयबाट…
काठमाडौँ : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन् । यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उकृष्ट नतिजा हो । नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो । हालै जर्मनीमा सम्पन्न जर्मन इन्टरनेशनल सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनको बरियतामा उल्लेख्य सुधार आएको हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४०० अङ्क जोडेका छन् । प्रिन्सले…
विराटनगर : आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् । यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन रु ३० लाख चाहिने सूचनासहित बुबाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । छोराको मायाले बुबा शिवनारायणले रु २१ लाख फिरौती दिए पनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो । फिरौती रकमसहित बूढीगङ्गा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको…
काठमाडौँ: देशभर मास्कको अभाव भइरहेका बेला ललितपुर महानगरपालिकाले भने मास्क उत्पादन सुरु गरेको छ। बुधबारबाट महानगरपालिका आफैंले मास्क उत्पादन सुरु गरेको हो। महानगरपालिकाको सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मास्कको उत्पादन सुरु भएको प्रवक्ता राजु महर्जनले जानकारी दिए। महानगरका २९ वटै वडामा सिलाईबुनाई तालिम लिएर बसेका महिलाले मास्क सिलाउने उनले जनाए। महर्जनले भने, ‘जुन ठाउँमा धेरै आवश्यक पर्छ त्यहाँ मास्क सिलाउन प्राथमिकता दिइनेछ।’ मास्का लागि उत्तम खालको कटनको कपडा महानगरले उपलब्ध गराएको छ। महानगरले पहिलादेखि नै महिलालाई सिलाइबुनाईका विभिन्न कार्यक्रम ल्याएको थियो। यतिबेला मौसमी रुघाखोकीको समय भएकाले मास्क अत्यन्त आवश्यक छ।
काठमाडौँ: विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ । यो भनेको एक किसिमले विश्वभरि नै स्वास्थ्य आपतकालको स्थिति पैदा भएको कुराको घोषणा पनि हो । तर विश्व स्वास्थ्य संगठनले यो कोरोनाभाइरस नियन्त्रण गर्न सकिने खालको महामारी भएको कुरा उल्लेख गर्दै प्रमाणस्वरुप विभिन्न ठाउँहरुमा, अझ विशेष गरेर चीनमा यसको संक्रमण नियन्त्रणमा आउँदै गरेको कुरालाई अघि सारेको छ । स्मरणीय के छ भने, चीनको हुबेई प्रान्तको राजधानी ऊहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी चीनमा त नियन्त्रण हुँदै गइरहेको छ तर त्यसको ठीक विपरीत यस संक्रमणको विस्तार संसारका ९० भन्दा बढी मुलुकहरुमा फैलिइसकेको छ । दिनानुदिन यसको संक्रमण नयाँ नयाँ मुलुकहरुमा…
