Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चेल्सीसँगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल पराजित भएको छ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई चेल्सीले उसकै मैदानमा पराजित गरेको हो । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गर्दै जीत हासिल गरेको हो । एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे । जीतसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ । यो सिजनमा चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ । साविक विजेता लिभरपुल भने ४३ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् । बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन्…

Read More

काठमाडौँ: काठमाडौँ प्रहरी परिसरले विहिबार साँझ क्यासिनोमा छापा मारी झन्डै २३ लाख नगदसहित १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले का.म.न.पा. वडा नं. १३ ताहाचलस्थित होटेल प्लाटिनमको अन्डर ग्राउण्डमा रहेको क्यासिनो CMG क्लबमा अवैध रुपमा क्यासिनो खेली रहेको गोप्य सूचनाको आधारमा कालिमाटी वृतवाट प्रहरी परिचालन गरी जुवा खेलिरहेको अवस्थामा निम्न खेल्ने तथा खेलाउने मानिसहरुलाई दशीसहित पक्राउ गरी वृत्त कालिवाट थप अनुसन्धान भईरहेको परिसरका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । क्यासिनो खेल्नेहरु:- १. रंजित कुमार जैसवाल वर्ष ३८ भारत विहार मोतिहारी घर हुने २. सोहन प्रसाद वर्ष ३५ भारत विहार मोतिहारी घर हुने ३. मुमताज मिँया वर्ष ४२…

Read More

काठमाडौँ: महानगरीय प्रहरी प्रभाग नागढुंगाले वुधबारसाँझ काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा विरगंजबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमो गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार भई आएका तापस सस्माल, ३१, ले साथमा बोकी आएको झोला चेक जाँच गर्ने क्रममा लुकाई छिपाई लिई आएको बिल भर्पाई नभएको जम्मा तौल २२ तोला ३२ लाल (२६०.३५ ग्राम) भएको सुनको सिक्री २४ (चौबिस) थान फेला परेको हो । निज सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाईएको छ । सस्माल नाकुबार जोयपुर बस्ने भारतीय नागरिक हुन्…

Read More

बुटवल: अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताएका छन् । ‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘मध्यरातमा अँध्यारा कोठामा तानाबाना बुनिंदै छन् ।’ लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि ओली सरकारविरुद्ध प्रहार सुरु भएको पौडेलले टिप्पणी गरे । विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुंदे सहमति भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र विप्लवले भोलि सहमति सार्वजनिक गर्ने बताए । विखण्डनको पक्षमा नारा लगाउने डा. सीके राउतलाई पनि सम्झाएर सहमतिमा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले मधेसमा आफूलाई पस्न नदिने भन्नेहरूलाई ‘मलाई मधेस पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला’ भनेका छन्। केही मानिसहरूले आफूलाई मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पसाउने कामको शुभारम्भ आफूले गरेको बताए। सुनकोशी-मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानी चाहिँ केपी ओलीले पसाउँछ।’ उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई-मधेसमा त्यो खबर लैजान अनुरोध गरे। ‘मलाई तराई-मधेसीमा पस्न नदिए हुन्छ। तर, पानी चाहिँ नरोक्नुहोला,’ उनले भने। सुनकोशी-मरिन डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ। उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने योजना…

Read More

काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव नहुने बताएकी छिन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि मन्त्री अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताइन्। उनका अनुसार तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति हुनेछ । ‘मलको दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडी बढेको छ ।’-उनले भनिन्। उनले मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था समेत गरिने जानकारी दिइन। अनुमानको आधारमा मलको आपूर्ति नभइ तथ्य र आवश्यकताका आधारमा गर्ने उनको भनाई छ…

Read More

काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा बाउन्स ब्याक हुँदा बिहीबार मात्रै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण १ खर्ब २४ अर्ब ९३ करोडले बढेको छ । नेप्सेमा ९० अंकको बढोत्तरी आएसँगै बुधबारको तुलनामा सबा खर्ब रुपैयाँले बजार पूँजीकरणमा सुधार आएको हो । बिहीबार कुल बजार पूँजीकरण ३४ खर्ब ५३ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । बुधबार ३३ खर्ब २८ अर्ब ८१ करोड २४ लाख रुपैयाँ कूल बजार पूँजीकरण रहेको थियो । अघिल्लो साता ८२ अंकले घटेको नेप्सेले यस साताको आइतबार ८०, मंगलबार ६० र बुधबार ४० अंकले गिरावट बेहोरेको छ । यसबीचमा सोमबार ४०…

Read More

काठमाडौँ: नेपाल आयल निगमले हवाई इन्धको मूल्य बढाएपछि वायूसेवा सञ्चालक संघले पनि हवाई भाडा दर बढाएको छ । संघले अडान अनुसार ३० रुपैयाँ देखि २ सय २० रुपैयाँसम्म बढाएको हो । संघले शुक्रबार देखि लागु हुने गरी हवाई भाडादर बढाएको हो । निगमले प्रति लिटर हवाई इन्धनको मूल्य ५ रुपैयाँले बढाएपछि संघले भाडादर सोही अनुसार समायोजना गरेको जनाएको छ । संघले सबैभन्दा थोरै डोटी देखि साफेबगरको उडानमा २० रुपैयाँका दरले बढाएको छ । त्यसैगरी सबैभन्दा धेरै काडमाण्डौं देखि धनगढीको उडानमा २२० रुपैयाँ बढाएको छ । संघले भाडादर बाढाउने सन्दर्भमा नागरिक उड्डयान प्राधिकरणबाट समेत स्वीकृती लिइसकेको जनाएको छ । संघले २०७५…

Read More

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने बताएका छन् । सुनचाँदी ब्यवसायीहरुको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने आश्वासन दिएका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीसंग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताएका हुन् । बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्नेतर्फ सचेत रहनुपर्ने मन्त्री भट्टले औंल्याए । महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरेका थिए । उनले सरकारले…

Read More