काठमाडौँ: काठमाडौँ प्रहरी परिसरले विहिबार साँझ क्यासिनोमा छापा मारी झन्डै २३ लाख नगदसहित १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ प्रहरीले का.म.न.पा. वडा नं. १३ ताहाचलस्थित होटेल प्लाटिनमको अन्डर ग्राउण्डमा रहेको क्यासिनो CMG क्लबमा अवैध रुपमा क्यासिनो खेली रहेको गोप्य सूचनाको आधारमा कालिमाटी वृतवाट प्रहरी परिचालन गरी जुवा खेलिरहेको अवस्थामा निम्न खेल्ने तथा खेलाउने मानिसहरुलाई दशीसहित पक्राउ गरी वृत्त कालिवाट थप अनुसन्धान भईरहेको परिसरका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
क्यासिनो खेल्नेहरु:-
१. रंजित कुमार जैसवाल वर्ष ३८ भारत विहार मोतिहारी घर हुने
२. सोहन प्रसाद वर्ष ३५ भारत विहार मोतिहारी घर हुने
३. मुमताज मिँया वर्ष ४२ भारत विहार बेतिया घर हुने
४. शेख मुर्तुजा अलि वर्ष ५० भारत कलकत्ता मेडनापुर घर हुने
५. राज कुमार सिंह वर्ष ३२ जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १३ घर हुने
६. टिन्कु प्रसाद वर्ष ३७ जिल्ला बारा बारागढी न.पा. वडा नं. ६ घर हुने
(ख) खेलाउनेहरु:-
१. महेश मल्ल वर्ष ६२ का.जि. का.म.न.पा. वडा नं. २२ (मेनेजर)
२. कमल देव चौधरी वर्ष ५२ जिल्ला सर्लाही इश्वरपुर न.पा. वडा नं. ०९ घर हुने (सहायक मेनेजर)
३. अजय यादव वर्ष २३ जिल्ला सर्लाही बरथहवा ४ घर हुने (एडिमिन स्टाफ)
४. सचिन वाग्ले वर्ष ४१ जिल्ला सर्लाही वरथहवा ११ घर हुने (क्यासियर)
(ग) बरामद दशीका सामानहरु :-
१. नगद रु ८२६,९८० ।-(आठ लाख छब्बीस हजार नौ सय असी)
२. क्यासिनो क्याईन ३९० वटाको रु ५,७०,०००(पाँच लाख सत्तरी हजार)
३. चेक ३ थान ९,००,०००।–(नौ लाख)
४. खुल्ला तास १५ बुक
५. ग्रिन गोल्ड र प्लाटिनम कार्ड थान ३
६. पैसा गन्ने मेशिन थान १
७. Slot Meter Reading बुक थान १