Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी आवका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दाबी गरे । उनले भने, “कृषि क्षेत्रको औसत वृद्धिदर ४.५ प्रतिशत हो, १२ प्रतिशतको औद्योगिक क्षेत्रको वृद्धि हामीले अपेक्षा गरेका छौँ । मेलम्ची र तामाकोशी आयोजना आगामी आवमा सम्पन्न हुने भएकाले त्यसको सकारात्मक असर पर्नेछ ।” सिमेन्ट उद्योग र खानी क्षेत्रमा पनि उद्योग स्थापना भई सञ्चालनमा आउने विश्वास…

Read More

काठमाडौँ ः मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । शाखा विस्तारलाई तीव्रता दिने क्रममा सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपाल लिमिटेडले शाखा विस्तार गरेको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको जनाएको छ । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको जनाएको छ । यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा…

Read More

काठमाडौँ  ः तीन सरकारी सञ्चार संस्थानको दुरावस्था र यसलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई समिति गठन गरेको छ । गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न राज्यमन्त्रीस्तरको निर्णयबाट ती समिति गठन भएका हुन् । गोरखापत्र संस्थानको अध्ययन एवं छानबिन गर्ने समितिको संयोजकमा विष्णु रिजाल र सदस्यमा सुवास देवकोटा, वासुदेव अधिकारी, टीकाराम राई, डोलप्रसाद दाहाल तथा सचिवमा मन्त्रालयका उपसचिव संगीता ओझा रहेका छन । समितिलाई एक महिनाको समय दिइएको छ । यसैगरी, रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधार गर्न…

Read More

काठमाडौँ: सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेका आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आवमा पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । सो सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ । यस्तै काठमाडौँलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै बुटवल सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा खण्डमा पनि सुरुङमार्ग…

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा प्रस्तुत गरेका आव २०७५÷७६ को बजेटबारे निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कृषिलगायत उत्पादन क्षेत्रको प्रवद्र्धनका लागि बोलेको बजेट सकारात्मक नै रहेको टिप्पणी गरिनन् । उहाले भनिन् , “निजी क्षेत्रले उठाउँदै आएको कर र भन्सारको विषय अध्ययन गर्नै बाँकी रहेकाले अहिले केही भन्न सकिएन, उद्योग क्षेत्रका माध्यमबाट रोजगारी प्रदान गर्ने भने पनि आवश्यकरुपमा बजेट विनियोजन भएको देखिएन ।” नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले स्थिर सरकारका नाताले सहासिक र युगान्तकारी बजेट आउला भन्ने सोचेका थियौँ तर त्यो देख्न र सुन्न पाइएन भने । उनले…

Read More

काठमाडौँ: सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आयव्ययको विवरण प्रस्तुत गर्दैे सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणका लागि सो रकम विनियोजन गरेको घोषणा गर्नुभयो । तीन वर्षमा सम्पन्न हुने ती भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न पाँच आयोजना संचालन गरिने बताउँदै उहाँले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित सदस्य संयोजकत्वमा त्यस निर्वाचन क्षेत्रका संघीय संसद र प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख रहेको समितिले आयोजना छनौट तथा अनुगमन गर्ने छ । यसैगरी सरकारले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास गर्न ‘स्थानीय पूर्वाधार विकास…

Read More

काठमाडौँ: अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पलले जितेको छ । सोसँगै एप्पलले सामसुङबाट झण्डै ५७ अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत पाउनेछ । डिजाइन चोरीको मुद्दामा अमेरिकी अदालतले सामसुङलाई दोषी ठहर गर्दै एप्पललाई क्षतिपूर्ति रकम दिन सामसुङका नाममा आदेश दिएको हो । स्मरण रहोस् एप्पलले सामसुङ विरुद्ध सन् २०११ मा एक मुद्दा दर्ता गरेको थियो । एप्पलको पेटेन्ट रहेको आइफोनको डिजाइन सामसुङले चोरी गरेको आरोप लगाइएको थियो । सुरुवाती फैसलामा पनि अदालतले सामसुङलाई दोषी ठहर गर्दै १ अर्ब डलर क्षतिपूर्तिको फैसला गरेको थियो । क्षतिपूर्ति रकम निकै बढि रहेको भन्दै सामसुङले…

Read More

काठमाडौँ: सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषय समेटिएको हो । यसअघि सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो पदबहालीका क्रममा सो घोषणा गरेका थिए । तर बजेटमा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सरकारले सो अभियानलाई नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको हो । यसअघि सन् १९९८ मा समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो । विभिन्न प्रवद्र्धनात्मक अभियानका…

Read More

काठमाडौँ: निजी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा असुल गरिने मूल्य अभिवृद्धि कर र स्वास्थ्य सेवा कर सरकारले खारेज गरेको छ । उक्त खारेजीको निर्णयलाई निजी अस्पतालहरुको साझा संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सिच्युेसन नेपाल (अफिन)ले स्वागत गरेको छ। अफिनका अध्यक्ष तथा नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालक वसन्त चौधरीले लामो समयदेखि आफूले गरिरहेको मागको बल्ल सम्बोधन भएको भन्दै खुशी प्रकट गरे । उनले भने, ‘अफिनले धेरैअघिदेखि यो माग चर्को रुपमा उठाउँदै आएको थियो । सरकारको यो निर्णयबाट हामी खुशी छौं।’ निजी क्षेत्रबाट अस्पताल सञ्चालन गरिरहेकाहरुलाई यो उत्साहपूर्ण निर्णय रहेको पनि उनले बताए। स्वास्थ्य सेवामा भ्याट १३ प्रतिशत अथवा स्वास्थ्य सेवा कर ५…

Read More

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट दुई वर्षपछि बल्ल वृद्धि भएको छ। मंगलबार सार्वजनिक भएको बजेट अनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको ४ दशमलब २९ प्रतिशत बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ का लागि कुल बजेट १३ खर्ब १५ अर्ब ५४ करोड प्रस्तुत गरिँदा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको छ। यो बजेट चालू आर्थिक वर्ष २०७४/०७५ भन्दा शून्य दशमलब ४३ प्रतिशत बढी हो। चालू आर्थिक वर्षमा सरकारले कुल बजेटको ३ दशमलब ८६ प्रतिशत बजेट स्वास्थ्यलाई दिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा स्वास्थ्यले ४ दशमलब शून्य सात प्रतिशत बजेट पाएको थियो। त्योभन्दा अघिल्लो वर्ष भने…

Read More