Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, २४ कातिक :आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिन आग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने जनाउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाइको टोलीले मन्त्री भट्टलाई भेट गरी स्मरणपत्र बुझाइएको थियो । किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिनुभयो । मन्त्री भट्टले भन्नुभयो,“उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा परिपत्र गरिनेछ, जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं ।” छठ पर्वभन्दा…

Read More

काठमाडौँ: जारी सिजनको आईपिएल विश्व क्रिकेट टी-२० मा देल्ही क्यापिटल्स एउटा इतिहाँस रच्दै पहिलो पटक फाइनलमा पुगेको छ । उसले हिजो आइतबार साँझ भएको हैदराबादसंगको दोश्रो दोश्रो क्वालिफायर राउण्डमा देल्हीले १७ रनले हराएको हो। देल्हीले पहिले टस जितेर ब्याटिंग रोजेर कुल १९० रनको चुनौती पेस गरेको थियो जसमा उसको पहिलो अडरमा खेल्ने सिखर धवनले कुल ५० बल फेस गरेर ७८ रनको योगदान नै टिमका लागि महत्वपूर्ण योगदान रह्यो। त्यस्तै जितका लागि देल्हीकै सिम्रन हिट्मायरले २२ बलमा ४२ रनको योगदान पनि उत्त्क्रिठ रह्यो भने कप्तान श्रेयस आइयर भने २० बलमा जम्मा २१ रन बनाएर मानिस पाण्डेद्वारा क्याच आउट भए। यस्तै, हैदराबादका…

Read More

काठमाडौँ: तपस्वीको भेषमा आफ्ना अनुयायीमाथि बलात्कार गर्ने, हत्या गर्ने, बेपत्ता पार्ने र शारीरिक मानसिक यातना दिने आरोप लागेका रामबहादुर बमजनविरूद्ध जिल्ला अदालत सर्लाहीले वारेण्ट जारी गरेको चार महिना पुग्यो। अहिलेसम्म पक्राउ परेर वा आफैं उपस्थित हुन बमजन अदालतमा नआएको जिल्ला अदातल सर्लाहीका श्रेष्तेदार शिवहरि पौडेलले बताए। गएको असारमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बमजनविरूद्ध रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोग लगाउँदै मुद्दा दायर गरेपछि जिल्ला अदातलले असार २१ गते वारेन्ट जारी गरेको थियो। पक्राउ गर्न वा अभियुक्तको ठेगानामा म्याद तामेल गर्न अदालतले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई लेखेको थियो। बमजनको स्थायी ठेगाना बारा जिल्ला निजगढ नगरपालिकाको-१२ मा…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ‘होम आइसोलेसन’ मा रहेका कोरोना संक्रमितको निगरानी गर्न टोली परिचालन गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको वडा स्तरमा क्लष्टर खडा गरी होम क्वारेन्टिन वा आइसोलेसनमा रहेका संक्रमितको निगरानी गरिने बताएका हुन्। दैनिक उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएका कारण मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्रभावकारी बनाउन उक्त तयारी गरेको हो। पछिल्लो समय उपत्यकामा समेत ट्रेसिङ कार्य नहुँदा संक्रमण झन् तीब्र रुपमा फैलिँदै गएको छ। साथै होम आइसोलेसनमा रहेका संक्रमितको यकिन तथ्यांक र जानकारी नहुँदा थप समस्या आउने भन्दै अब वडा स्तरबाटै टिम खडा गरी परिचालन गर्ने तयारी गरिएको छ।

Read More

काठमाडौँ: कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्ण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताए । कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । यसैगरी सीमानाका हुँदै नेपाल…

Read More

काठमाडौं: नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए । यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो । पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो । काँग्रेसका शीर्ष नेताबीच पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा सहमति हुन नसकेपछि…

Read More

काठमाडौं: सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २२२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १०३४, प्रदेश २ मा ३३, बागमती प्रदेशमा ३ हजार ५१२, गण्डकी प्रदेशमा १ हजार २६३, लुम्बिनी प्रदेशमा १ हजार २४७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा ४७ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन् । सरकारले असक्त, अपांग तथा जेष्ठ नागरिकबाहेक अन्यको उपचारमा शुल्क लिने निर्णय गरेसँगै चर्को शुल्क लाग्ने भएपछि संक्रमितहरु होम आइसोलशेनमै बस्न थालेका हुन् ।…

Read More

एजेन्सी: जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’ बाइडेनले अफ्रिकी अमेरिकी मतदातालाई विशेष रुपमा धन्यवाद दिए जसका कारण उनको प्रचारमा वृद्धि भयो । सुरुवाती प्रतिस्पर्धामा उनी पछि परिरहेको थिए । बाइडेनले आफ्नो पहिलो काम कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने बताएका छन्…

Read More

काठमाडौँ: विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख ६ हजार ६२३ जना संक्रमित युरोपका मात्रै छन् । अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ३४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ५६ हजार ११४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७९ हजार ७१५…

Read More

एजेन्सी: राष्ट्रपति चुनाव हारेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प गल्फ खेल्दै गरेको भिडियो सार्वजनिक भएका छन् । ट्रम्प भर्जिनियाको इस्टर्लिङ्गमा गल्फ खेल्दै गर्दाको भिडियो अमेरिकी समाचार संस्था सीएनएनले जारी गरेको हो। उनले यस चुनाव मत परिणामलाई स्वीकार नगर्ने र उनले यस परिणामलाई फेरी एक पटक ‘फेक’ मत परिणाम भनेका छन्।

Read More