Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : सत्तारूढ नेकपाका ओली र प्रचण्ड-नेपालका दुई समूहले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । प्रचण्ड-नेपाल समूहले भोली मंगलबार अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओली त्यसअघि नै बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको स्रोतले जनाएको छ । नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल(नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै महत्वपूर्ण निर्णय गर्न लागेको स्रोतले जनाएको छ । अर्को समूहले कारबाहीको निर्णय गर्नअघि ओलीले पार्टी विभाजनको औपचारिक निर्णय वा आफू संस्थापन रहेको कानूनी…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ। आज सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र आयोगमा बुझाएका हुन्। संसद विघटन गर्ने निर्णयपछि आइतबार दिउँसो बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै अनुशासनको कारबाही गरेको थियो। सो निर्णयलाई निर्वाचन आयोग पुगेर जानकारी गराइएको पाखरेलले जानकारी दिए। ‘अध्यक्ष केपी ओलीलाई कारबाही गर्न स्थायी कमिटीले निर्णय गरिसकेको र त्यसलाई अनुमोदन केन्द्रीय समित बैठकले गर्ने जानकारी निर्वाचन आयोगलाई गराउनुपर्छ। किनभने, आयोगले स्थायी कमिटी चिन्दैन। केन्द्रीय कमिटीमात्रै चिन्ने भएकोले सो बारेको जानकारी गराएर आएका…
काठमाडौँ: नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकता नभत्कने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन नसक्ने बताएका हुन् । प्रचण्डले एक विज्ञप्ति जारी गर्दै एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वविरुद्ध एकतावद्ध भएर उभिन नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन् । प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’ उनले भनेका छन्, ‘नेपाली जनताले ठूलो…
काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको छलफल सकिएको छ । ओलीले आफू पक्षीय नेतालाई आज बालुवाटार बोलाएका थिए । भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेता सहभागी थिए। भेलामा सबै पूर्व नेकपा एमालेका थिए । पूर्वमाओवादीतर्फबाट लेखराज भट्टमात्र सहभागी भएका थिए । हिजो संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि त्यसको विरोध सुरु भएको छ । यसै विषयमा छलफल गर्न ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएका थिए । यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित रूपमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपतिले तुरुन्त अनुमोदन गरेपछि देशमा संवैधानिक संकट छाएको छ । प्रधानमन्त्रीको यो कदमको संवैधानिकतामा उठेको प्रश्न, राष्ट्रपतिको भूमिकाले निम्त्याएको सन्देह तथा जारी संकटले निम्त्याएको अनिश्चयका बारेमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग उनको निवास कुपण्डोलमा आइतबार घनश्याम खड्काले कान्तिपुर दैनिकका लागि गरेको कुराकानीको सम्पादित अंश : प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग भएको छ । संविधानका दृष्टिले के यो जायज छ ? कसरी यसलाई जायज भन्नु र ? संविधानले राम्रोसँग जरा नगाड्दै र पालुवा नहाल्दै यसलाई निमोठ्ने काम भएको छ । थुप्रै आयोगहरू बनेका छैनन्, मौलिक हकसम्बन्धी यावत् व्यवस्था क्रियाशील भएकै छैनन् । संस्थाहरू छैनन्, प्रक्रिया र पूर्वाधार…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै नेकपामा अव नेकपा (ओेली) र नेकपा (प्रचण्ड) समूह भनेर चिन्नुपर्ने भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । त्यसका लागि ओली पक्षले सोमबार बिहान नौ बजे बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको छ । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । त्यस्तै, प्रचण्ड पक्षले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलमा कार्यरत एक महिलासँग करणी प्रयास गरेको आरोपमा कानूनी उपचार अघि बढेको थियो । त्यसपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । महरा निकटहरुले तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको डिजाइनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियोजित रुपमा फसाएको बताउदै आएका छन् । ओली संसदीय समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहालाको बर्चस्व बढेकोमा असन्तुष्ट थिए । स्थायी कमिटीले गरेका चार प्रमुुख…
एजेन्सी: ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । आइतबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरले २–० को जित निकालेको हो । पहिलो हाफको ईन्ज्युरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए । खेलको ६०औँ मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघाति गोल गरेका थिए । जितसहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहम २५ अंकसहित चौथो स्थानमा छ ।
काठमाडौँ: पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकार कुन पार्टीको हो नेकपाले छिटो प्रष्ट पार्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गरेका भट्टराईले त्यसलगत्तै यो सरकार कुन पार्टीको हो नेकपाले प्रष्ट पार्नुपर्ने बताएका हुन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार नेकपा, जसपासहित दलको बैठक बसेको थियो। भट्टराईका अनुसार उक्त बैठकमा प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको निष्कर्ष निकालिएको छ। ‘नेकपा, नेपाली कांग्रेस र जनता समाजवादीका शीर्ष नेता कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसियो। प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक,…
काठमाडौँ: नेकपा सचिवालयका सदस्य तथा गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहने भएका छन्। आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएपछि पूर्वमाओवादी पक्षका पाँच र माधव नेपाल पक्षका दुईसहित सात जना मन्त्रीहरूले राजीनामा दिएका छन्। पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर तथा पूर्वएमालेबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराईले राजीनामा दिएका हुन्। पूर्वमाओवादी पक्षबाट गृहमन्त्री बनेका थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा घोषणा गरेनन्। यसले उनीहरू दुवै जना प्रधानमन्त्री ओलीको साथमा रहेको देखिएको छ। प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनको सिफारिस गर्ने निर्णय…
