Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले यो समय व्यापार व्यवसायको अवसर भएको बताएका छन् । व्यापार व्यवसायका लागि अहिले जतिकै उपयुक्त समय नभएको उनले बताए । राजनीतिक अस्थिरता मात्रै नभई दुई तिहाईको स्थिर सरकार भएकाले यो उपयुक्त समय भएको उनको भनाई थियो । पहिला राजनीतिक अस्थिरता, १८ घण्टासम्मको लोडसेडिंग र वन्द हड्ताल गरी मुख्य तीन वटा बाधाव्यवधान आउने गरेको सम्झँंदै उनले अहिले ३० वटा अवसर आएको बताए । भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरले उद्योग वाणिज्यको विकासमा बैंकको भूमिका विषयमा बुधबार गरेको कार्यक्रममा शाहले त्यसका लागि आफूहरु हस्टेमा हैंसे गर्न तयार रहेको बताए । हामीसँंग पुँंजी छ,…

Read More

खाँदबारी: भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणकार्य धमाधम सञ्चालन भइसकेको छ । सङ्खुवासभाको मकालु गाउँपालिका –५ नुम फ्याक्सीन्दामा ड्याम साइडको काम भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामासमेत निर्माणकार्य चलिरहेको आयोजनाले जनाएको छ । आयोजनाले ट्रान्समिसन लाइन सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, मोहत्तरी हुँदै धनुषा पु¥याउने बताएको छ । ट्रान्समिसन लाइनमा सात जिल्लामा ५१७ टावर निर्माण गरिने भएका छन् । सङ्खुवासभा ४३, भोजपुर ७९, खोटाङ ६५, उदयपुर १३०, सिरहा २६ महोत्तरी ९५ र धनुषामा ७२ वटा टावर रहने सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अरुण…

Read More

काठमाडौँ: विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिनुभयो । “विद्यार्थी सङ्गठनको सहमतिमै निर्वाचन स्थगित गरिएको हो”, उहाँले भन्नुभयो, “चुनाव हुनुभन्दा एक महिना अगाडि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, तर त्यो हामीले सकेनौँ, त्यसैले निर्वाचन स्थगित गरेका हौँ ।” उहाँले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै निर्वाचन मिति तय गरिने जानकारी दिनुभयो । भुसालका अनुसार आगामी चैत अन्तिम साता निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो…

Read More

काठमाडौं : तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएका काठमाडौंका १७३ रोपनी जग्गा आफ्नो नाउँमा ल्याउनुपर्ने सिफारिस नेपाल ट्रस्टको कार्यालयले गरेको छ। भट्टराई र गच्छदारले ट्रस्टको नाममा रहेका काठमाडौंको थानकोट, मातातीर्थ, बालाजु र सतुंगलका ती जग्गा मन्त्रिपरिषद्बाट ‘नीतिगत निर्णय’ गराई करिब सयजना व्यक्तिका नाममा दर्ता गरिदिएका थिए। ती जग्गा कसरी व्यक्तिका नाममा दर्ता भए भन्नेबारे अध्ययन गरी सिफारिस गर्न ट्रस्टले समिति गठन गरेको थियो। समितिले गत जेठ ७ गते सिफारिस–प्रतिवेदन तयार गरेको अन्नपूर्णलाई प्राप्त ट्रस्टको वार्षिक प्रतिवेदन (सार्वजनिक नभएको) मा उल्लेख छ। प्रतिवेदनअनुसार भट्टराई र गच्छदारले मातातीर्थको ५९ रोपनी एक आना तीन…

Read More

काठमाडौँ: नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ । घरेलु मैदानमा आइसिसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन् । एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिता यही फागुन १५ गतेदेखि थाइल्यान्डमा शुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ । सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्माले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ । राउन्ड रोविन लिगका आधारमा हुने उक्त प्रतियोगिताको पहिलो खेल नेपालले फागुन १७ गते मलेसियासित खेल्नेछ । नेपालले दोस्रो खेल फागुन १८ गते हङकङसित, तेस्रो खेल…

Read More

काठमाडौँ: सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने सरकारको लक्ष्य करिब–करिब पूरा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा अब आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७४५ स्थानीय हतमा वाणिज्य बैंकका शाखा खुलेका छन् । केन्द्रीय बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत पुस मसान्तसम्म १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । सो प्रदेशमा एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये अब एक स्थानीय…

Read More

वीरगञ्ज: नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि पर्साका ५ प्रतिशत नागरिक अहिले पनि भारतीय ढिकेनुनमाथि निर्भर रहेका छन् । भारतीय सीमासँग जोडिएका पर्साको दुर्गम गाउँका बासिन्दामा प्रचारप्रसारको कमी तथा जनचेतनाको अभावका कारण भारतबाट आयात हुने कमसल नून प्रयोग गर्न उनीहरु बाध्य भएका छन् । विगत ७ वर्षअघि त्यस भेगका करीब ७५ प्रतिशत ग्रामीण बासिन्दा भारतमा निर्मित विभिन्न प्रकारको आयोडिन नभएको नून प्रयोग गर्ने गर्दथे तर अब साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश नं. २ कार्यालय वीरगञ्जले आयोडिन नूनको व्यापक प्रचारप्रसार गरेपछि पर्साका ९५ प्रतिशत नागरिकको भान्सामा आयोडिन नून प्रयोग हुन थालेका छन् । “फेब्रुअरीलाई आयोडिन महिनाका रुपमा मनाउन…

Read More

दार्चुला: दार्चुलामा महाकाली नदीमाथि नेपाल भारत जोड्न लगाइएका चार तुइन विस्थापन हुने भएका छन् । तुइन विस्थापनअन्तर्गत चालु आर्थिक वर्षमा ब्यास गाउँपालिकाको मालघाट, बर्तिघाट, बडुगाउँ र मालिकार्जुन गाउँपलिकाको बाकुका तुइन विस्थापन हुने भएका हुन् । चारवटै ठाउँमा तुइन विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला तुइन विस्थापन गर्ने घोषणाअनुरुप महाकाली नदीमाथि लगाइएको तुइन विस्थापन गर्न लागिएको हो । तुइन विस्थापनअन्तर्गत ब्यास गाउँपालिका–२ को माल र वडा नम्बर ३ र ४ को बर्तीघाटमा झोलुङ्गे पूल निर्माण भइरहेको छ । यस क्षेत्रमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणको लागि कूल रु दुई करोड…

Read More

प्यूठान: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको ‘नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को यथार्थता र आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपाल सरकार र मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच सम्झौता भए अमेरिकी फौजी रणनीति नेपालको सन्दर्भमा अमान्य हुने बताउनुभयो । “मुलुकको विकासका लागि पचास करोड अमेरिकी डलर आइरहेको बेला कार्यान्वयन प्रक्रियामा झमेला गर्नुहुन्छ भन्ने तर्कहरु पनि छ तर जतिसूकै धनराशि भए पनि राष्ट्रिय सम्मान तथा अस्मितामा आँच पुग्ने र हाम्रा आफ्ना स्वतन्त्र अस्तित्व, अन्तरराष्ट्रिसम्बन्धका सिद्धान्तको विपरीत हुँदाहुँदै पनि सरकारले एमसीसी स्वीकारे गलत…

Read More

भक्तपुर: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उहाँले त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो । क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फतभित्र रहेका नेपालीहरुसँग उहाँले सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गर्नुभएको हो । सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग कुराकानी गर्दै सरकार तपाईसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कन्ट्रोल कक्षबाट उहाँले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिनुभएको थियो । जवाफमा…

Read More