Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं :चीनको वुहानबाट नेपाली लिएर आएको नेपाल एयरलाइन्स (एनएसीं) को वाइडबडीको क्वारेन्टाइन अवधि आज पूरा भएको छ । वाइडबडी ए३३० जहाज क्वारेन्टाइनको अवधि पूरा गरेर आज मंगलबारदेखि उडान भर्ने तयारीमा रहेको एनएसीले जनाएको छ । ‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा गरेर जहाजलाई सुरक्षित राखिएको एनएसीले जनाएको छ । आज यो जहाज साँझ दोहाका लागि उड्दैछ । आइतबार बिहान करिव ४ बजे चीनको वुहानबाट १७५ जना नेपाली बोकेर आएको यो जहाजमा क्याबिन क्रुसहित १७ जनाको टोली थिए । विद्यार्थी र नेपालबाट चीन गएका व्यक्तिहरु भने दुई सातासम्म क्वारेन्टानइमा बस्नुपर्छ ।

Read More

राँझा: बाँकेको बैजनाथमा पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माणकार्य शुरु भएको छ । हिन्दूहरुको पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेको बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मकस्थल निर्माण प्रक्रिया शुरु गरेको हो । सोमबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वनस्पति उद्यानसहितको कैलाश मानसरोवरको प्रतीकात्मकस्थलको शिलान्यास गरेपछि यस क्षेत्रका पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् । एक वर्षअघिदेखि नै निर्माणको प्रक्रिया चले पनि मुख्यमन्त्रीद्वारा शिलान्यास भएपछि मानसरोवर प्रतीकात्मकस्थल बन्नेमा आफू आशावादी भएको होटल व्यवसायी महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले बताउनुभयो । उहाँका अनुसार नेपालको बाटो हुँदै बर्सेनि हजारौँ पर्यटक…

Read More

भक्तपुर: कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो । खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी…

Read More

हेटौँडा : ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ । त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ । कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीन जनाले ढुवानी ट्रक…

Read More

काठमाडौँ: वैदेशिक सहयोगमा निर्माण भएका विभिन्न सडक आयोजना निर्माणको छोटो समयमा कालोपत्र उप्कने, खाल्डाखुल्डी पर्नेलगायतका समस्या देखिएको छ । वैदेशिक अनुदान वा ऋण सहयोगमा निर्माण भएका काठमाडौँ उपत्यका बाहिरका विभिन्न सडकमा समस्या देखिरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । केही समय पहिले स्थलगत निरीक्षणका क्रममा सुर्खेत–जुम्ला सडकखण्ड पुगेको विकास तथा प्रविधि समितिको टोलीले सो सडक निर्माण भएको छोटो अवधिमै समस्या आएको बताएको थियो । त्यो सडकसँगै बसन्तपुर–मुडे सडकखण्ड, गल्छी स्याप्रुवेंशी, तेह्थुमलगायतका सडकमा समस्या देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार कालोपत्र गरेको केही वर्षपछि नै यी सडकमा समस्या देखिएको हो । सडकको डिजाइनदेखि नै समस्या…

Read More

जाजरकोट: नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो । मुआब्जा वितरणमा विभेद भएको भन्दै आलोचना गर्दै आएका स्थानीयवासी माग सम्बोधन भएपछि मुआब्जा वितरणको बाटो खुलेको छ । पीडितले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री वर्षमान पुनलगायतलाई भेटेर मुआब्जाको रकम बढाउन माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको कुरा टुङ्गो लागेको हो । प्रतिरोपनी रु छ लाखका दरले मुआब्जा रकम दिने सहमतिपछि विवाद मत्थर भएको छ । अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम…

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले समस्या समाधानका लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सिर्जना गरी लगानीमैत्री र व्यावसायिक वातावरण सुनिश्चित गर्न मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसनलाई आग्रह गर्नुभयो । मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवं बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्री खतिवडाले आज बैंक तथा वित्तीय संस्थाका पदाधिकारीसँग छलफल गर्नुभएको हो । मन्त्री डा खतिवडाले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रक्रियामा…

Read More

काठमाडौँ: अमेरिकाको भिसा प्रक्रियाका लागि बैंक ब्यालेन्स देखाउन भनी रु ६० लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौँको टोलीले भक्तपुरको ठिमीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् । काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैक ब्यालेन्स देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर आफ्नो बैंक खातामा रु ६० लाख रुपैयाँ राख्न लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ…

Read More

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।

Read More

काठमाडौं:बलात्कार प्रयासको आरोपमा जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताएका छन् । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९ असोजमा पक्राउ परेका उनले सोमबार सफाइ पाएका छन् । लगत्तै डिल्लीबजार कारागारबाट छुटे । रिहा भएको केही घन्टामा महराले दाङ–२ का सांसदको हैसियतमा वक्तव्य जारी गर्दै भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’ महरा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक…

Read More