Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुर्खेत: कर्णाली चिन्ने र चिनाउने उद्देश्यले यही फागुन १९ गतेदेखि कर्णाली उत्सव आयोजना हुने भएको छ । आयोजक संस्था ऋति फाउन्डेशनले फागुन १९ देखि २१ गतेसम्म वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सव सञ्चालन गर्ने जनाएको छ । उत्सवमा तीन वटा मूल शीर्षक समेटिनेछन् । पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याउ’ र तेस्रो दिन ‘मान्ठ जुर्मुराउँछन्’ मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ । ‘मुख्य मान्ठ(मान्छे), मूल कुडा (कुरा)’ अन्तर्गत प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबीच अन्तरप्रदेश सम्बन्धका बारेमा बहस हुनेछ । फाउन्डेशनका संस्थापक सदस्य दिनेश गौतमले उत्सवमा विभिन्न विधालाई समेटेर ‘कुडा…

Read More

सिन्धुली: सुन्दर ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बन्ने भएको छ । गोर्खाली सेनाले ब्रिटिस सेना (इस्ट इण्डिया कम्पनी) लाई पराजित गरेको ऐतिहासिक तथ्यलाई जीवन्त बनाउन नेपाली सेनाले यहाँ सङ्ग्रहालय निर्माण गर्ने भएको हो । नेपाली वीरताको यो तथ्य नेपालको इतिहासमा त स्वर्ण अक्षरले लेखिएकै छ, अब बन्ने यो सङ्ग्रहालयले यसलाई युगौँसम्म पनि ताजा बनाइराख्ने नेपाली इतिहासविद्हरुको भनाई छ । त्यसो त सिन्धुलीगढीको इतिहासबाहेकको अर्काे सुन्दरतासँग जोडिएको तथ्य पनि छ । नेपालको लोक संस्कृतिका क्षेत्रमा भिजेको एक कर्णप्रिय गीत ‘सिन्धुलीगढी घुमरे हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार, मा¥यो नि मायाले मा¥यो’ ले पनि यस स्थललाई सबै नेपालीमा परिचित बनाएको छ ।…

Read More

चरीकोट: दोलखाको तामाकोशी गाउँपालिकाले ‘मेरो घर, सफा घर’ अभियान सञ्चालन गरेको छ । दोलखाको तामाकोशी गाउँपालिकाको छैटौँ गाउँसभाले उक्त अभियान तथा अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक भत्ता दिने निर्णय गरेको थियो । नागरिकलाई सरसफाइमा आकर्षित गराउन सो अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । सरसफाइमा उत्कृष्ट हुने गाउँपालिकाभित्रका ६३ घर परिवारलाई पुरस्कारस्वरुप प्र्रत्येक वर्ष रु तीन हजार पुरस्कार प्रदान गरिने छ । पालिकाको छुटै टोलीले अनुगमन मूल्याङ्कन गर्ने र टोलीको सिफारिस आधारमा पुरस्कृत गरिनेछ । गाउँसभाले अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकलाई भत्ताको व्यवस्था गरेता पनि ‘ग’ वर्गकाले सुविधा नभएको भनेपछि मासिक रु एक…

Read More

वीरगञ्ज: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले चालु आर्थिक वर्षमा प्राप्त गरेको जिरा मसिनो धान खरिदको कोटाको लक्ष्य पूरा गर्न सकेको छैन । शाखाले चालु आर्थिक वर्षका लागि पाँच हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा पाएको थियो । तर अहिलेसम्म ३२ क्विन्टल २६ केजी मात्र खरिद गर्न सकिएको कम्पनीको वीरगञ्ज शाखा कार्यालयले जनाएको छ । नेपालभन्दा भारतमा बढी उत्पादन हुने जिरा मसिनो धान भारतबाट आउन नसकेकाले तोकिएको लक्ष्य प्राप्ति हुन नसकेको हो । शाखा प्रमुख नरनाथ अधिकारीले भने, “यो धान नेपालमा नगन्य मात्रामा मात्र लगाउने गरेको र उत्पादन पनि थोरै हुने गरेकाले किसानले यो धान लगाउन छाडिसकेको…

Read More

भोजपुर: भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ‘फेरी’ निर्माण गरिएसँगै स्थानीयवासी खुशी भएका छन् । फेरी निर्माण गरिएसँगै यातयातमा सहजता थपिएको छ । सङ्घीय सांसद् क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ जाख र षडानन्द नगरपालिकाको रु ५५ लाखको लागतमा फेरी निर्माण गरिएको षडानन्द नगरपालिका प्रमुख वीरबल राईले जानकारी दिए । फेरी सञ्चालनको लागि तीन जना अपरेटर राखिएको प्रमुख राईले जानकारी दिए । उक्त अपरेटरको पारिश्रमिक व्यवस्थापनको सहजताका लागि फेरी प्रयोगकर्ताबाट थोरै राजश्व लिने योजना रहेको नगर प्रमुख राईको भनाइ छ । कुन सवारीबाट कति लिने भन्ने निर्णय भइनसकेको र अबको…

Read More

काठमाडौँ: नेपाल टेलिकम, दू.सं.का.गल्याङले दुई हजार पाँच सय निःशुल्क सिम वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो । सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएको उक्त सिममा रु.५० टक भ्यालु समेत रहेको छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार फोरजी प्रविधि मार्पmत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरिय श्रव्य दृश्य सामग्रीहरु हेर्न तथा सुन्न सकिने भएकाले आम उपभोक्ताको…

Read More

गलकोट: नेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि पारित गरेको दुई महिनापछि बागलुङको जैमिनी नगरपालिकाभित्र अध्ययनरत छात्राले सेनेटरी प्याड प्राप्त गरेका छन् । चालू आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो । जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयका छात्रालाई प्याड वितरण गरी नगरपालिकाले सामुदायिक विद्यालयमा प्याड वितरण कार्य शुभारम्भ गरेको हो । उक्त विद्यालयमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष मेलिना चापागाईलाई आइतबार नगरपालिकाका उपप्रमुख लीला रानाले एकमुष्ठ सेनेटरी प्याड हस्तान्तरण गरेर नगर भित्रका सम्पूर्ण…

Read More

काठमाडौं : चीनमा कोरोना भाइसरसका कारण आइतबार सम्ममा ३ हजार ३ सय ८१ जना अस्पतालबाट डिस्चार्ज चएका छन्। चीनका स्वास्थ्य अधिकारीले दिएको रिपोर्ट अनुसार आइतबार मात्रै अस्पातलबाट ६ सय ३२ जना अस्पातलबाट डिस्चार्ज भएका हुन्। चीनमा आइतबार सम्ममा मृत्यु हुनेको संख्या ९ सय ८ पुगेकाे छ। गत डिसेम्बरको अन्त्यमा चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरका कारण ४० हजार १ सय ७१ जनामा संक्रमण देखिएको जनाएको छ। चीनमा एक अमेरिकी र एक जापानी नागरिकको पनि ज्यान गएको छ। कोरोना भाइसर चीनबाहेक २८ देशमा फैलिएको छ। चीनका अलबा फिलिपिन्स र हङकङमा पनि थप एक एक जनाको ज्यान गएको छ।

Read More

काठमाडौं : दक्षिण कोरियाली चलचित्र ’प्यारासाइट’ले २०२० को ओस्कार अवार्ड जितेको छ । ओस्कार अर्वाड जित्ने उक्त चलचित्र अंग्रेजीबाहेक अन्य भाषामा पनि बनेको छ। ‘जोकर’ चलचित्रका ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ’जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्। ब्रयाड पिट ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लोरा डेर्न ’म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पार्न सफल भएका छन् । प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जितेको हो । साम मेन्डेसको १९१७ चलचित्रले तीनवटा उपाधि जितेको छ ।

Read More

काठमाडौं : यसै हप्ता चीनको कोरोना भाइरसको उच्च संक्रमण रहेका वुहानबाट १८० जना नेपाली विद्यार्थी लीन जाने चिकित्सक, पाइलट तथा अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ओरिन्टेसन तालिम दिने भएको छ। यस्तै, नेपाल फर्काइने नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि ६० बढी स्वास्थ्यकर्मी खटिने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई आजबाट ओरिन्टेसन तालिम दिन थालेको हो। मन्त्रालयले ओरिन्टेसनमा डाक्टर नर्स, प्यारामेडिक्सबाहेक एम्बुलेन्स चालकहरू समेत सहभागी हुने र आजै ओरिन्टेसन सकिने बताइएको छ। तालिम लिएकाहरूलाई विमानस्थलको पार्किङ क्षेत्रमा बनाइने हेल्थ डेस्कमा चीनबाट आउनेहरूको स्क्रिनिङ गर्न, चीनबाट ल्याएर राखिने क्वारेन्टाइनमा हेरचाह गर्न खटाइने बताए। त्यसमा उनीहरूको यातायातको…

Read More