Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जनकपुरधाम: सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु.१६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका-३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन् । सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा मोटरसाइकललाई ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी बिदुर घिमिरेले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ: वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ । पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ ।

Read More

पोखरा  : पोखरास्थित सेती नदीको खोँचमा अड्किएका एक युवकलाई सोमबार प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका(९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफैँ खोचमा खसेका थिए। खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको, प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम आइतबार बेलुकी नै समापन गरी व्रतालु रातभर जाग्राम बसेका थिए । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये…

Read More

काठमाडौं :पूर्वसचिव कार्कीकी श्रीमती मुनाको उपचारका क्रममा मृत्यु भएको छ । मुना रगतमा लतपतिएको अवस्थामा फेला परेकी थिईन । उनलाई उपचारका लागि स्टार अस्पतालमा राखिएको थियो । श्रीमती अचेत अवस्थामा भटिएसगैं घरमा काम गर्ने कामदारलाई भने मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । सानेपास्थित घरमा भान्सा कोठामा रगतै रगतमा लतपतिएको अवस्थामा मुना फेला परेको तथा कामदार विजय चौधरीको शव भने विना कुनै चोट पटकको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कामदार चौधरीको स्थायी घर दाङ हो । उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएका कारण उनले आत्महत्या गरेको हुनसक्ने ललितपुर प्रहरी परिसरकी दुर्गा सिंहले जनाइन । …

Read More

चितवन: पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर भोलि मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ । महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । महोत्सवमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेषभूषाको प्रदर्शन गरिनेछ । महोत्सवअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुराँमा…

Read More

काठमाडौं : नेपाल प्रहरीको प्रमुख (आइजीपी)को नियुक्ति सम्बन्धमा छलफल गर्न आज मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो मन्त्रिपरिषद बैठक डाकेका छन । आज सोमबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आजको बैठकमा भोली माघ २९ गतेदेखि रिक्त हुने आइजीपीमा कसलाई नियुक्त गर्ने भन्ने बारेमा छलफल गरी निर्णय हुन सक्ने अनुमान गरिएको छ । माघ २९ गते हालका आइजीपी सर्बेन्द्र खनाल ३० बर्षे सेवा हदका कारण अवकाश पाउँदै छन । नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा छ ।

Read More

ललितपुर: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सो जानकारी दिए । उनले जिल्लाका ग्रामीण भेगका समुदाय शहरी क्षेत्रको तुलनामा निजी आवास पुनःनिर्माणमा अब्बल रहेको बताए । सदस्य डा श्रेष्ठले भने, “जिल्लाभित्र २६ प्रतिशतमात्र निजी आवास पुनः निर्माणको काम सम्पन्न भएको छ । यसमा बढी ग्रामीण भेग रहेको देखिन्छन् ।” यहाँ कूल २८ हजार ४८२ लाभग्राहीमध्ये १० हजार १८४ जनाले मात्र तेस्रो किस्ता लिएका छन् ।…

Read More

काठमाडौँ: ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको बालाजुस्थित घरमा बम विस्फोट गराउने चन्द समूहका नेतासहित ७ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थायी ठेगाना गोर्खा भएका कपिल भट्ट रहेको प्रहरीले जानकारी दिएको छ। भट्ट गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले बताएको छ। पक्राउ परेका अन्य ६ जनामा दैलेख घर भइ हाल नैकाप बस्ने भीम अधिकारी, पोखरा घर भइ हाल नैकाप नै बस्ने विष्णुप्रसाद अधिकारी, रामेछाप घर भइ हाल नैकाप नै बस्ने हरीचन्द्र खड्का, गोकर्णेश्वर घर भइ हाल पुरानो ठिमी बस्ने दिनेश नगरकोटी, गोरखा घर भइ भैंसेपाटी बस्ने विकाश थापा, सिन्धुपाल्चोक घर…

Read More

सप्तरी: भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई फेला पारेको छ । भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागि परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताए ।

Read More