Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन्। आइतबार १४औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भए अनुसार पुस १८ गते भित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन्। सभामुख सापकोटाले अवको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए। ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं। अव पुस १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ। त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ,’ सापकोटाले भने, ‘म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ।’ कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा राखिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए। बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना काण्डमा आरोपित बस्न्यातलाई विशेष अदालतको आदेश अनुसार पूर्पक्षका लागि थुनामा राखिएको हो। सो काण्डमा आरोपित उनीलगायत धेरैजनाका विरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ। बस्न्यात भौतिक योजना सचिव हुँदा बालुवाटारस्थित ललित निवासको सरकारी जमिन व्यक्तिको नाममा सार्न उनले खेलेको भूमिकासहित तीन वटा अभियोग लगाइएको छ। बन्स्यातको निर्णयबाट सरकारलाई ९ करोड ६५ लाख रुपैया घाटा लागेको…
काठमाडौँ: नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ३० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १५ सय जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ । सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । पीसीआर परीक्षण…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित भएको छ। आज बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रतिनिधि सभाका सभामुख मात्र उपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको एक नेताले सेतोपाटीलाई जानकारी दिए। यसअघिनै विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भनेर जानकारी गराइसकेका थिए। स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए। भोलि सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सभापति सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने कांग्रेस नेताहरुको तर्क थियो। यसअघि पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो। परिषद्को…
काठमाडौँ: आज (आइतबार) बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठककाे स्थान परिवर्तन गरिएको छ। यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो। ‘पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिने भएको छ,’ नेकपा महासचिव विष्णु पौडेलले भने।
काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै १५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ भने निको हुनेको सख्या २ लाख ३४ हजार २३१ जना रहेका छन् । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ६७२ जना रहेका छन् भने मृतकको संख्या १६८९ जना रहेका छन् । यस्तै हालसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
काभ्रेपलाञ्चोक, २७ मङ्सिर: पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उहाँले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताउनुभयो । “कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन्”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो, “यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।” आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन…
भक्तपुर, २७ मङ्सिर (रासस) : विगत एक वर्षदेखि रोकिएको काठमाडौँ पेप्सीकोलादेखि सानोथिमि, पुरानोथिमि बाहखा बजार, निकोसेरा हुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ पुलसम्मको सडक विस्तार कार्य पुनः सञ्चालन भएको छ । शुरुमा मापदण्डअनुसार सडक खाली नहुँदा केही समय अवरोध आएको यो सडक विस्तार कार्य बीचमा शुरु भए पनि पछि बाहखा बजारका घर भत्काउनुपर्ने भएपछि निस्किएको विवाद सुल्झिएसँगै सडक विस्तारले पूर्णता पाउने भएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७४ साल असारमा ठेक्का सम्झौता भएर सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले शिलान्यास गरी शुरु भएको सडक विस्तार उहाँकै पहलमा समस्या सुल्झाउँदै पुनःविस्तार शुरु भएको हो ।…
काठमाडौँ, २७ मङ्सिर (रासस): कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै हुनुुहुन्छ । नेपाली समयअनुसार सो प्रतियोगिता अपराह्न ३ बजे हुँदैछ । प्रतियोगिताको जापानी टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गर्ने र भिडन्त हेर्न हजाराँै खेलप्रेमी दर्शकको सहभागिता हुने बताइएको छ । अहिले उहाँ अन्तिम प्रशिक्षणमा व्यस्त हुनुहुन्छ । युवा समाजसेवी रामनारायण घिमिरेले राससलाई दिनुभएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल आफ्ना बुबाकै विशेष प्रतिक्षणमा व्यस्त रहनुभएको छ । हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा…
काठमाडौँ: कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावकारी बनाउन ‘कोल्ड चेन’ व्यवस्था गर्न र उचित वितरणको व्यवस्था मिलाउन सरकारको तयारी देखिएको छैन । खोप बनेपछि त्यसलाई आमनागरिकसम्म पुर्याउन एकै पटक अभियान चलाए मुलुकमा भएको संरचना अपुग हुन सक्ने देखिएको छ । कोभिड खोप अभियान सुरु भएपछि नियमित खोप कार्यक्रम र स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी सञ्चालन गर्न विशेष तयारी आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । त्यसका लागि ‘कोल्ड चेन’ प्रणालीलाई बलियो बनाउन सरकारले खासै तयारी गरेको छैन । ‘हामीलाई तत्काल खोपको वितरण अर्थात् लजिस्टिकमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने,…
