Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं: केहि साहसिक काम गर्न कहिलिएका र ‘मुटु भएका’ समेत भनेर चिनिने नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार नै रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । क्याप्टेन लामाले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताएका छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको…

Read More

काठमाडौं: सोमबार साझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो। नियमित मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको प्राय सोमबार र विहिबार बस्दै आएको छ । स्रोतका अनुसार आज बस्ने बैठकले केही नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्न सक्ने आंकलन गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा…

Read More

काठमाडौं : अब निजी ल्याबमा कोरोना परीक्षण गरेर पोजेटिभ रिपोर्ट देखिएमा पनि बिमा रकम भुक्तानी पाइने भएको छ । बिमा समितिले कोरोना बिमा मापदण्ड, २०७७ तथा कोरोना बिमा लेखमा संशोधन गर्दै यस्तो निर्णय गरेको हो । यसअघि निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएमा बिमा रकम भुक्तानी नगर्न दिएको निर्देशनबाट बिमा समितिपछि आफैं पछि हटेको हो । निजी ल्याबहरुको चर्को दबाबपछि समितिले फेरि भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो । संशोधित व्यवस्था अनुसार प्रयोगशालामा काम गर्ने कर्मचारीहरुले भने आफू कार्यरत बाहेकका प्रयोगशालामा परीक्षण गराएको रिपोर्ट बुझाएमात्र बिमा भुक्तानी पाउने छन् । संशोधित मापदण्डमा भनिएको छ, ‘नेपाल सरकार…

Read More

काठमाडौं : विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक रुपमा चलखेल भएपनि संसदीय समितिहरुले पनि कालोसूचीमा नराखिएकोबारे चासो दिएका दिए । सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको…

Read More

काठमाडौं: सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

काठमाडौं:गत वर्षहरुमा जस्तै यसपाली पनि सरकारले उपत्यकावासीलाई दशैँमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३००० खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको हो । यस पटक खाद्यले तीन हजार वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका लागि खाद्यले १४०० वटा खसी–बोका र १६०० वटा च्याङ्ग्रा ल्याउन अनुमानित छ करोड रुपैयाँ बजेट छुट्याएको छ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले बताए । लामो समयदेखि खाद्य कम्पनीले उपभोक्तालाई खाद्यान्नका साथै दशैंमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा समेत उपलब्ध गराउँदै आएको छ । यस पटक पनि…

Read More

काठमाडौँ: प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो । त्यसपछि उनी फरार थिए । उनलाई महानगरीय प्रहरी…

Read More

काठमाडौँ: माउण्टेन इनर्जी नेपालको स्थगित आईपीओ यहि भदौ ३१ गते बुधबारदेखि पुनः बिक्रमिा आउने भएको छ । कम्पनीले गत साउन ८ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर जारी गरेकोमा लकडाउन तथा निषेधाज्ञा लगायतले स्थगित भएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

Read More

काठमाडौँ: संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिविया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ। युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया(युएन्समिल)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न जान लागेको अर्को टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएको हो। नेपाल एयरलाइन्सको चार्टर फ्लाइटबाट आइतबार साँझ त्यसतर्फ जान लागेको नेपाली सैनिक टोली रोकिएको हो। काभ्रेपाल्चोकको पाँचखालस्थित श्री वीरेन्द्र तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको परिक्षणमा केहीमा संक्रमण पुष्टि भएको हो। ‘सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यसरी पोजेटिभ देखिएका व्यक्तिहरूको कन्ट्र्याक्ट ट्रेसिङ गरी सबैजनाको पुनःस्वास्थ्य परिक्षण पश्चातः मात्र रोटेशन फ्लाइटको मिति तय गरिने…

Read More