Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि लकडाउन खुलेसँगै पनिकाले आउँदो भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ’, उनले भने, ‘तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।’ त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ । परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए…

Read More

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरो जाँदा एकै गाउँका २२ घर पुरिएका छन्। पहिरोमा धेरै मान्छे हताहत भएको आशंका गरिएको छ। शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए। ‘गाउँमा २२ घर छन्, सबै घर पुरिएको खबर आएको छ,’ एसपी महर्जनले  भने, ‘घटनास्थल दुर्गम ठाउँमा छ। प्रहरी पुग्न समय लाग्छ। घटनामा धेरै मान्छे हताहत भएको आशंका गरिएकाे छ।’ प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको उनले जानकारी दिए। ‘प्रहरीलाई घटनास्थल पुग्न अझै कम्तिमा पनि दुई घण्टा लाग्छ होला,’ उनले भने, ‘प्रहरी पुगेपछि मात्रै घटनाको…

Read More

काठमाडौं: बिग मर्जर गरेको ग्लोबल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब १४ करोड नाफा गरेको छ । बैंकको आर्थिक वर्ष २०७५÷७६ मा नाफा २ अर्ब ७५ करोड रहेको थियो । ग्लोबल आइएमई बैंक र जनता बैंक गतवर्ष मर्ज भएका थिए । ग्लोबल आइएमई बैंकले मर्जर तथा एक्विजेशन गरेर विभिन्न आकारमा आफुलाई पहिलो नम्बरमा पुर्याएको छ । १८ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड गरेको जनाएको छ । यस आधारमा सेयरधनीलाई गतवर्षको नाफाबाट ९ प्रतिशत लाभांश बाड्नुमिल्छ । बैंकको रिजर्बमा ८ अर्ब ४१ करोड रुपैयाँ…

Read More

काठमाडौँ: त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ स्थित गैरीगाउँमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएका इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि पहिरो खस्दा उनी बेपत्ता भएका हुन्। पहिरोमा एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन्। खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन्। ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्। पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानी रेखदेखको काम गर्दै आएका कर्मचारी हुन्। पपति सम्पर्कविहीन भएपछि बेहोस…

Read More

रौतहट: रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबी झड्प हुँदा १२ राउण्ड हवाइ फायर भएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाईरस महामारीको रुप लिएपछि गत चैत ११ गतेदेखि लगातार भारतीय सीमानामा पुर्नरुपमा निषेध गरिएको छ । बिहीबार सिमापारीबाट ठूलो संख्यामा भैसी आएको सुचना पाउना साथ नियन्त्रणको क्रममा आज दिउँसो १२.४५ बजेको समयमा नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय राजपुरबाट गएको गस्तिटोली र तस्कर बिछ झडप भएको थियो । भारतबाट चोरिलुकी भित्रयाएको भैंसी नियन्त्रणमा लिन खोजेपछि भैसी व्यापारी र प्रहरीबीच राजपुर नगरपालिकामा झड्प भएको थियो । झडपमा प्रहरीले १२ राउण्ड हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा…

Read More

सुर्खेत: कर्णाली प्रदेश सरकारले आवतजावतमा कडाइ गर्दै कर्णाली प्रदेश भित्रनेलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । यो नियम भदौ १ गतेदेखि कार्यान्वयनमा आउने छ । प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट नेगेटेभ आवश्यक पर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबई, सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट र सुर्खेतको पश्चिममा रहेको कुइने नाकामा कडाइ गरिनुका साथै पीसीआर रिर्पोट तीन दिन अगाडिको हुनुपर्ने निर्णय गरिएको छ । यस्तै व्यवस्थापन केन्द्रले अति आवश्यक कामका लागि बाहिर जाने सरकारी कर्मचारी,…

Read More

काठमाडौँ: आज (शुक्रबार) देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। बागमती, गण्डकी, ५ नम्बर र कर्णालीका प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार अहिले बिहान पनि पूर्व झापाको दमक आसपास तथा सुदूरपश्चिम प्रदोशका केही स्थानमा हल्का पानी परिरहेको छ। यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्य बदली छ। ‘कतिपय स्थानमा घाम पनि लागिरहेको छ, जस्तो : काठमाडौं उपत्यकामा अहिले देखिरहनुभएको छ,’ मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘आजको मौसम यस्तै रहन्छ, कहिले बादल, कहिले घाम, क्षणिक वर्षा हुने फेरि २–३ घण्टा खुल्ने।’ उनका अनुसार खासगरी दिउँसो…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आफ्नै बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो । बैंकले ‘कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र सङ्क्रमितको सम्पर्कमा आएकाको ‘कन्टयाक टे«सिङ’ गर्न भनेको छ । सङ्क्रमित कर्मचारीलाई आवश्यकतानुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख…

Read More

काठमाडौँ: प्रहरीले उपत्यका प्रवेश गर्ने नाकाबाट १९ हजार बढी यात्रुलाई फिर्ता पठाएको छ। लकडाउनको बीचमा अत्यावश्यक काम बिनै काठमाडौं आउन खोज्ने १९ हजार ४ सय ८३ जनालाई फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ। सवारी साधन अनुमति विना उपत्यका प्रवेश गर्न थप कडाइ समेत गरेको छ। बिहीबारदेखि सबै जिल्लामा सवारी पास जारी गर्न समेत बन्द गरिएको छ। यो अवधिमा मास्क प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५३८ जनालाई नियन्त्रणमा लिएको छ। ती मध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाई बुझाई छाडिएको र ३९ हजार ५०७ जनालाई मास्क दिएर पठाएको गृह मन्त्रालयले जनाएको छ। २५ हजार…

Read More

काठमाडौँ: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानका लागि बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको बताएका छन्। बिहीबार सातादिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो। ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै प्रचण्डले बालुवाटारको प्रस्तावबारे जानकारी दिएका हुन्। ‘पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको आत्माआलोचना, पाँचै वर्ष ओली प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई थप अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीको प्रस्ताव आएको छ,’ भेलामा प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। दुई अध्यक्षहरुको छलफलको क्रममा महासचिव विष्णु पौडेलले प्रचण्ड समक्ष त्यस्तो प्रस्ताव गरेको थिए।…

Read More