Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकका अनुसार बन्दाबन्दीे अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी अध्ययन सर्वेक्षण अनुसार बन्दाबन्दीमा ४ प्रतिशत उद्योग/व्यवसाय मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको पाइएको छ । त्यस्तै ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले गरेका सर्वेक्षणमा उद्योगी व्यवसायीले सामान्य अवस्थामा फर्कनका लागि अझै ९ महिना लाग्ने जनाएको छ । यसरी अधिकांश उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको केन्द्रीय बैंकको प्रतिवेदनमा छ । शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा…
काठमाडौँ: कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा यतिबेला आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। गृहमन्त्रालयका अनुसार १४ मध्य केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएकाे छ। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहनेछ भने सप्तरीमा साउन २६ गतेसम्म, बाँकेमा २४ र स्याङ्जामा २३ गतेसम्म निषेधाज्ञा गरिएको छ। त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छ। नुवाकोटको पूर्वमा बोहोरेभन्ज्याङ, पश्चिममा नयाँ चौतारा, उत्तरमा बागेश्वरी भन्ज्याङ र दक्षिणमा पोखरी डाँडा हिलेटोलसम्म निषेधाज्ञा गरिएको छ। मोरङको बिराटनगर…
काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ । कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो । वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा…
काठमाडौ: बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए। ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। ‘गत शुक्रबार (१६ गते) मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राखिएको थियो,’एसपी डा नेपालले भने,’उनको त्यही दिन कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो।’ आइतबार उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. नेपालले जानकारी दिए। उनमा संक्रमण देखिएपछि सोमबार बलम्बुस्थित एपिएफ अस्पतालमा रिफर गरिएको थियो। उनलाई त्यहाँ पनि भेन्टिलेटरमै…
काठमाडौं- नेपालमा बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ । डा.गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका एकजना, कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा इलामका एकजना, सप्तरीका ३ जना, उदयपुरका एकजना र मोरङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा मोरङका ७ जना, र इलामका एकजना, गजेन्द्र नारायणी सिंह…
काठमाडौं: काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार (आज) अपराह्न साढे चार बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो । मंगलबार राति पनि भूकम्पको धक्का महसुस गरिएको थियो । ललितपुरको बगलामुखी आसपास केन्द्रबिन्दु ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंका आसपासका जिल्लामा समेत महसूस भएको छ ।
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट साढे तीन महिना अघि राजीनामा दिएका बैंकर मनोज ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नियुक्त भएका छन् । ज्ञवालीलाई नलिबमा चिफ फाइनान्स अफिसर (सीएफओ) को जिम्मा दिइएको बैंक संचालक समतिका अध्यक्ष शम्भु पौडेलले नोटबजारलाई जानकारी दिए । उनले आजैबाट आफ्नो कार्यभार सम्हाल्दैछन । ज्ञवालीले ज्योति विकास बैंकमा २ वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका थिए । ज्योतिबाट बाहिरिएको करिब साढे तीन महिनाको अन्तरालपछि उनी नबिल पुगेका हुन । ज्ञवालीसँग बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव छ । नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका बैंकर ज्ञवाली चार्टर्ड एकाउन्टेन (सीए) समेत हुन् । ज्योति…
काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बुधबार हाल सम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन २१ गते बुधबार सुनको मूल्य १ लाख माथि पुगेको छ । महासंघका अनुुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ, तेजावी १ लाख ९०० रुपैयाँ तथा चाँदी १ हजार २९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ६ सय तथा चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ, तेजावी ९९ हजार ३७५ रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।…
बनेपा: कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा मङ्गलबार भएको बैठकले साँगा नाकालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ तिमिल्सिनाले बताउनुभयो । “साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन…
काठमाडौँ: ‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिह्न सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधानन्यायाधीशलाई प्रभावित पार्न खोजिएको देशका वरिष्ठ अधिवक्ताहरुले अनुमान लगाएका छन् । रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद कुनै किसिमले अदालतमा प्रवेश गर्दाको अवस्थामा साथ खोजिएको सो भेलाको आँकलन थियो । सरकार र प्रधानन्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको…
