Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    पहिलोक्लिकपहिलोक्लिकNovember 25, 2026No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link


    हेटौँडा। बागमती प्रदेश सरकारले ल्याएको अपाङ्गता भएका व्यक्तिहरूको प्रादेशिक नीति, २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाहरूले माग गरेका छन्।

    नीतिमा समेटिएका व्यवस्था व्यवहारमा लागू गर्न आवश्यक बजेट, संस्थागत समन्वय र प्रभावकारी अनुगमन हुनुपर्ने उनीहरूको जोड छ। नीति निर्माण गरेर मात्र अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधान नहुने भन्दै सरोकारवालाहरूले कार्यान्वयनलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

    नेत्रहीन युवा संघ नेपालको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको सहआयोजनामा सोमबार हेटौँडामा आयोजित ‘अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, समस्या, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्।

    कार्यक्रममा सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रादेशिक नीति, २०८३ को कार्यान्वयन अवस्था, विद्यमान समस्या, चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।

    कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशका पशुपन्छी तथा वनमन्त्री रमा आले मगरले नीतिलाई प्रभावकारी बनाउन सरोकारवालाहरूको सुझाव र सहकार्य आवश्यक रहेको बताउनुभयो।

    अपाङ्गता भएका व्यक्तिहरूमा विभिन्न क्षमता र दक्षता रहेको उल्लेख गर्दै उहाँले उनीहरूको क्षमता पहिचान गरी अवसर र पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो। अपाङ्गता भएका बालबालिका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूले सरकारी कार्यालयबाट सहज रूपमा सेवा लिन सकून् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।

    स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत रामचन्द्र गिरीले प्रादेशिक नीति, २०८३ प्रस्तुत गर्दै यसको आवश्यकता, प्रमुख समस्या, चुनौती, रणनीति, कार्यनीति तथा अनुगमन र मूल्यांकनका विषयमा जानकारी गराउनुभयो।

    नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले नीतिको कार्यान्वयन अवस्था, देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे प्रस्तुति दिनुभयो। उहाँले नीतिमा समेटिएका व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायको प्रतिबद्धता र व्यवहारिक पहल आवश्यक रहेको बताउनुभयो।

    त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले प्रदेशस्तरीय नीति तथा योजना निर्माण र कार्यान्वयनमा सामाजिक संघसंस्थाको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।

    उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सेवा तथा अवसरमा समान पहुँच स्थापित गर्न प्रदेश सरकार, स्थानीय तह र सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो।

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो।

    Facebook Comments Box

    अपाङ्गता अधिकार संरक्षण अपाङ्गता नीति कार्यान्वयन अपाङ्गता भएका व्यक्तिका अधिकार अपाङ्गता भएका व्यक्तिका लागि बजेट अपाङ्गता भएका व्यक्तिको समस्या अपाङ्गता भएका व्यक्तिको समान पहुँच अपाङ्गता भएका व्यक्तिहरूको प्रादेशिक नीति २०८३ अपाङ्गता समावेशी नीति नेत्रहीन युवा संघ नेपाल बागमती प्रदेश बागमती प्रदेश सरकार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सामाजिक विकास मन्त्रालय हेटौँडा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.