काठमाडौँ: साताको शुरुवातीदेखि निरन्तर घटेको पूँजी बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलब ९७ अंकले घटेर एक हजार २०७ दशमलब ३१ अंकमा पुगेको छ ।
आइतबार नेप्से १७ दशमलब ३१ अंकले र सोमबार १३ दशमलब ०३ अंकले घटेको थियो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३१ अंकले घटेर २५६ दशमलव ८७ अंकमा पुगेको छ।
आजको कारोवारमा बित्त बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । निर्जीवन बीमा समूहको परिसूचक ७५ दशमलब १४ अंक, जीवन बीमा ७७ दशमलब ०९ अंक र बाणिज्य बैंक समूह १४ दशमलब ६९ अंकले बढेको छ ।
त्यसैगरी, होटल ३६ दशमलब ५७ अंक, विकाश बैंक १२ दशमलब ५९ अंक, जलबिधुत शुन्य दशमलब २८ अंक र लघुवित्त १० दशमलब ५८ अंकले बढेको छ ।
यधपी बित्त समूहको परिसूचक शुन्य दशमलब २५ अंकले घटेको छ ।
आज कूल १५० कम्पनीको ६ लाख ५५ हजार ५९७ कित्ता शेयर १७ करोड ४१ लाख ५५ हजार ३९० मूल्यमा खरीद बिक्री भएको हो ।
सोमबार कूल १३१ कम्पनीको ४ लाख ४३ हजार ३५५ कित्ता शेयर १३ करोड ३७ लाख ७९ हजार ७९६ मूल्यमा खरीद बिक्री भएका थिए ।