Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 21
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सञ्चय कोषको आकर्षक बीमा योजना : सञ्चयकर्तालाई सुविधै सुविधा

    सञ्चय कोषको आकर्षक बीमा योजना : सञ्चयकर्तालाई सुविधै सुविधा

    पहिलोक्लिकपहिलोक्लिकNovember 14, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा एक लाख रुपैयाँ तथा घातक रोगको उपचारका लागि १० लाख रुपैयाँको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । सो बीमा योजना आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ ।

    समझदारीसँगै कोषमा कोषकट्टी गराउँदै आएका सञ्चयकर्ताले बिरामी हुँदा औषधोपचारका लागि रु एक लाख र कडा खालका रोगको उपचारका लागि १० रुपैयाँ सम्म बीमाबापतको आर्थिक सहायता पाउनेछन् ।

    समझदारी आगामी तीन वर्षसम्म कायम रहने र आपसी सहमतिमा अवधि थप गर्न सकिने सहमतिसमेत भएको छ । उक्त समझदारीले कोषमा नियमित कोषकट्टी रकम जम्मा गर्ने सञ्चयकर्तालाई अतिरिक्त उमेर हद वा पदावधिका कारण अवकास भई सो मितिले छ वर्षसम्म कोषबाट भुक्तानी नलिएका सञ्चयकर्तालाई समेटेको छ ।

    समझदारीअनुसार बीमा शुल्क प्रतिवर्ष प्रतिसञ्चयकर्ता ४२० रुपैयाँ का दरले जम्मा २५ करोड २० लाख रुपैयाँ हुनेछ । बीमा अवधि समाप्त भई नवीकरण गर्दा अघिल्ला वर्षमा दाबी भुक्तानी भएको रकम थपघट भएको सञ्चयकर्ताको सङ्ख्यासमेतको अधारमा बीमा नवीकरण शुल्कमा पुनरावलोकन हुनेछ । बीमा शुल्कबापतको रकम कोषबाट एकमुष्ठ भुक्तानी भएको मितिदेखि कम्पनीले एक वर्षका लागि बीमालेख जारी गर्नेछ ।

    घातक रोगका लागि दश लाख

    घातक रोगको उपचारका लागि भएको वास्तविक खर्च वा रु १० लाखमध्ये कम हुन आउने रकम प्रदान गरिने कोषले जनाएको छ । हृदयाघात, मिर्गौला खराबी, अर्बुद, अल्जाइमर, पार्किङ्सन्, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र कलेजो रोगलाई घातक रोग मानिएको छ ।

    यस्तै बीमा अवधिमा अधिकतम रु एक लाखमा नबढ्ने गरी न्यूनतम रु तीन हजार वा वास्ताविक खर्चको १५ प्रतिशत कट्टा गरी एकै टकमा वा पटकपटक गरी ३० हजार रुपैयाँमा नबढ्ने गरी ‘सर्जन’ वा ‘एनेस्थियाटिष्ट’को दस्तुर तथा शल्यक्रिया कक्षको शुल्कबापतको खर्च सञ्चयकर्तालाई प्रदान गरिनेछ ।

    सहमतिअनुसार एक वर्षमा अधिकतम् रु २० हजार (एक पटकको उपचारमा रु १० हजारसम्म) चिकित्सकको जाँच शुल्क, एक्सरे वा विशेषज्ञ सेवाशुल्क वा ‘प्याथोलोजिस्ट’ शुल्क वा रोग निदान उपकरण शुल्क प्रदान गरिनेछ । अस्पतालमा भर्ना शुल्क प्रतिदिन रु दुई हजारमा नबढ्ने गरी एक वर्षमा रु २५ हजारसम्म उपलब्ध गराइन छ ।

    सर्जिकल सामग्री खरिदको लागि एक वर्षमा अधिकतम जम्मा रु आठ हजार (रु तीन हजारसम्मको कृतिम हात वा खुट्टासमेत समावेश गर्न सकिने), एक पटकमा रु पाँच हजार नबढ्ने गरी अधिकतम् रु १५ हजारसम्मको औषधि खरिद खर्च सञ्चयकर्ताले पाउनेछन् । बढीमा दुई पटकको लागि एक पटकमा रु चार हजार ५०० सम्मको प्रसूति खर्च प्रदान गरिने कोषले जनाएको छ ।

    दुर्घटनाबाहेक प्रतीक्षा अवधि बीमालेख जारी भएको मितिले औषधोपचारको हकमा ३० दिन र घातक रोगको हकमा ९० दिन हुनेछ । बीमालेख नवीकरण गर्दा प्रतीक्षा अवधि लागू हुने छैन ।

    शाखा कार्यालयबाटै भुक्तानी

    सञ्चयकर्ताले अस्पतालबाट घरफिर्ता भएको ३५ दिन वा बिरामी भएको ६० दिनभित्र कम्पनीलाई सोको जानकारी गराउनुपर्नेछ । दाबीको लागि आवश्यक कागजपत्रसहित सञ्चयकर्ताले कम्पनीसमक्ष अस्पतालबाट घरफिर्ता भएको सामन्यतः छ महीनाभित्र पेश गरिसक्नुपर्ने छ ।

    शाखा कार्यालयमार्फत रु २५ हजारसम्मको दाबी रकमको भुक्तानी १५ दिनभित्र, रु २५ हजारदेखि एक लाखसम्मको दाबी ३० दिनभित्र र घातक रोगका लागि ४५ दिनभित्र केन्द्रीय कार्यालयमार्फत दाबी गर्न सकिने समझदारीमा उल्लेख छ ।

    बीमा रकम दाबी गर्न कम्पनीले तोकेको ढाँचामा सञ्चयकर्ताको निवेदन, कम्पनीबाट उपलब्ध गराइएको फारम, अस्पतालको छाप, सम्बन्धित चिकित्सकको दस्तखत र नेपाल मेडिकल काउन्सिलले उपलब्ध गराएको दर्ता नम्बर, चिकित्सको सक्कलै पूर्जा र ‘डिस्चार्ज स्लिप’सहित कोषको प्रमाणित पत्र पेश गर्नुपर्नेछ ।

    दुर्घटनाबाट उपचार गर्नुपर्ने बाहेक दाँतको उपचार वा शल्यक्रिया, आँखाको सामान्य जाँच वा चश्मा खरिद, श्रवण उपकरण खरिद र ‘कस्मेटिक सर्जरी’, मादक पदार्थ वा लागूपदार्थ सेवन तथा अनधिकृत तवरबाट अन्य औषधिको सेवनका कारण सिर्जित रोग तथा चोटपटकको उपचारमा बीमा दाबी गर्न नसकिने कोषले स्पष्ट पारेको छ ।

    दुई मुलुकबीच भएको घोषित वा अघोषित लडाईं, आमहड्ताल, हुलदङ्गामा सहभागी हुँदा भएको चोट पटक वा उपचार खर्च तथा बीमालेख प्रारम्भ हुनुभन्दा अगाडि लागेका रोगको उपचारका क्रममा भए÷गरेका खर्च र बीमालेख जारी भई प्रतीक्षा समय सीमाभित्र भएका खर्च बीमाले नसमेट्ने कोषले जनाएको छ ।

    आयुर्वेदिक औषधिका खर्च तथा उपचार उपकरणको प्रयोगमा बीमा दाबी गर्न पाइने छैन तर कमलपित्तको आयुर्वेदिक उपचारमा भने बीमा दाबी गर्न सकिनेछ । विदेशमा गरेका उपचार तथा खर्चहरु चिकित्सकको सिफारिशमा बीमालेखको सीमाको अधिनमा रही भुक्तानी दिन सकिनेछ ।

    कोष र बीमा कम्पनीबीच भविष्यमा सञ्चयकर्ताको परिवार तथा अवकाश प्राप्त सञ्चयकर्तालाई समेत समावेश गरी सम्वन्धित व्यक्तिले बीमा गर्न चाहेमा आवश्यक व्यवस्था गर्न सकिने समझदारीसमेत भएको छ ।

    दूरगामी महत्वको समझदारी

    कोषका प्रशासक गौतमले स्वास्थ्योपचार अत्यन्त खर्चिलो र महँगो बन्दै गएको अवस्थामा यस समझदारीले नेपालको इतिहासमै दीर्घकालीन र दूरगामी महत्वको राख्ने बताए ।

    उनले सामाजिक सुरक्षा कोषका रुपमासमेत स्थापित हुँदै गएको सञ्चयकर्ताको जीवनयापनलाई सहज बनाउन विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमलाई लागू गर्दै आएको दाबी गरे । उनले भने, “कोष सञ्चयकर्ताका लागि मात्र होइन, अब सञ्चयकर्ताका बाबु, आमा, श्रीमती, छोराछोरीलाई समेत सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी अघि बढ्छ ।”

    बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायमाझीले बीमा कम्पनीको इतिहासमा पहिलोपटक ठूलो सङ्ख्या बीमालेख जारी भएको बताए । कोषले स्थापनाकालदेखि नै सञ्चयकर्ताको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल कोषमा छ लाख जनाले रकम राख्दै आएका छन् ।

    Facebook Comments Box

    योजना सञ्चय कोष
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.