काठमाडौँ: दशैं अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ।
यातायात व्यवस्था विभागले दशैंको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो।
नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दशैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले मंसिर ७ गते देखि सवारीचालक अनुमति पत्रको आवेदन खोल्ने तयरी गरेको गरेको छ जसका लागि ५० हजार भन्दा धेरै लाइसेन्स छापि सकेको छ ।
यधपी ट्रायल कटाएका करिव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन्।
Facebook Comments Box