काठमाडौं: नेपाली सेनाले ३ हजार ८ सय संख्याको हाराहारीमा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खुलेको हो ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन (ब्रास ब्याण्ड), बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा तीन हजार ७६४ जनाको लागि भर्ना आह्वान गरेको हो ।
आजदेखि मङ्सिर २४ गतेसम्म कार्यलय समय भित्र दरखास्त दिन सकिने छ । यधपी, डबल दस्तुर तिरेर थप सात दिन अर्थात् पुष २ गते सम्म आबेदन दिने सकिने छ ।