काठमाडौँ: शेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ। विहिबार पनि नेप्से परिसूचक १०.३७ अंकले घटेर ११४८.७० अंकमा पुगेको छ।
मंगलबार सामान्य अंकले बढेको शेयर हिजो बुधबार र विहिबार लगातार घटेको छ। आज नेप्से परिसूचक र कारोबार दुवै घटेका छन्।
आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरिद बिक्रि भएका छन्।
हिजो बुधबार ४० करोड ४८ लाख ४ हजार ७३४ मूल्यमा खरीद बिक्री भएका थिए।
आजको कारोवारमा उत्त्पादन र बित्त समुहका बाहेक सबै समूहको परिसूचक घटेका छन्।
आजको कारोवारमा निर्जीवन वीमा समूहको सबैभन्दा बढी कारोबार घटेको छ जसमा १०७.१७ अंकले घटेको छ।
क बर्गरुको मापन गर्ने परिसूचक सेन्सेटिभिव इन्डेक्स पनि दुइ दशमलव २१ अंकले घटेर २४४ दशमलव २३ अंकमा आइपुगेको छ।