विराटनगर: राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट गरे । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ’’ उनले भने।
संयोजक महतोले सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासिन देखिएको भन्दै रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गरे । उनले सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रष्ट पारे ।
Facebook Comments Box