काठमाडौं: पछिल्लो केहि दिनदेखि अमेरिकी डलर अबमुल्यन हुने क्रम पुन: जारी रहेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि १ डलर बराबर ११२ रुपैयाँ ९५ पैसा बिक्री मूल्य तोकेको छ । भारतीय रुपैयाँ मजवुत भएका कारण यसको असर नेपालमा परेको हो ।
अघिल्लो साता एक्कासी बढेको डलर पुन घट्न थालेको हो ।
मङ्सिर १५ गते १ डलर बराबर १११ रुपैयाँ ६५ पैसा भएको डलर बढेर मङ्सिर २७ गते १ डलर बराबर ११५ रुपैयाँ ५२ पैसा पुगेको थियो भने पुन क्रमश: घट्न थालेको हो ।
असोज २६ गते नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको थियो । १ अमेरिकन डलर बराबर ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो ।
डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि नेपाली मुद्रापनि अबमुल्यन भएको थियो भने हाल भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली रुपैयाँ पनि मजबुत हुँदै गएको हो । भारुसँग नेपाली रुपैयाँ फिक्स भएपछि भारतीय मुद्राको अवस्था जे हुन्छ, त्यसको असर नेपाली मुद्रामा पनि पर्ने गरेको छ । भारु मजवुत भए नेपाली रुपैयाँ पनि मजवुत हुन्छ ।
भारत सरकार र भारतीय केन्द्रीय बैंक ( रिजर्भले बैंक अफ इंडिया) भएको विवादपनि मिलेकोले गर्दा भारतीय रुपैयाँ मजबुत हुदै गएकोले यसको असर नेपाली रुपैयाँमा परेको जानकारहरु बताउछन् ।
एक साता अघि रिजर्भले बैंक अफ इंडियाका गभर्नरले एक्कासी पदबाट राजिनामा दिंदा भारतामा लगानीकर्ताको विश्वास कम हुँन जाँदा भारू कमजोर भई डलर मजबुत हुदै गएको थियो ।