काठमाडौँ: सरकारले चालू आर्थिक वर्षको असार तेश्रो साता सम्ममा बार्षिक लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार असार २४ गते सम्म ६ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ । सरकारको बार्षिक राजस्व संकलन लक्ष्य ७ खर्ब ३० अर्ब रहेको थियो ।
हालसम्मको राजस्व संकलनको स्थिति हेर्दा सरकारले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्ने अवस्था छैन । सरकारले चालू आर्थिक वर्षको लागि १२ खर्ब ७८ अर्ब बजेट प्रस्तुत गरेको थियो ।
असार २४ गतेसम्म पुँजीगत खर्च जम्मा ५८ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको असार २३ गते सम्म सरकारले एक खर्ब ९६ अर्ब ४९८ करोड पुँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि पुँजीगत खर्च तर्फ ३ खर्ब ३५ अर्ब बजेट बिनियोजन गरिएको थियो ।
यता चालू खर्च भने ८३ दशमलब ९६ प्रतिशत भएको छ । हालसम्म चालू खर्च तर्फको बजेट बिनियोजनको ६ खर्ब ७४ अर्ब खर्च भएको छ । सरकारले चालू खर्च तर्फ ८ खर्ब ३५ अर्ब बिनियोजन गरेको थियो ।