काठमाडौँ: तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । तनहुँ हाइड्रोपावरले मंगलबार सिएमसीलाई ठेक्का तोडिएको जानकारी गराउँदै ‘टर्मिनेसन लेटर’ पठाएको छ।
मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावरले टर्मिनेसन लेटर दिएको हो ।
यसअघि सीएमसीलाई कम्पनीले साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो । १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजना निर्माणका लागि कम्पनी र सिएमसीबीच २० अर्ब ६० करोड रुपैयाँ (भ्याटसहित)को ठेक्का सम्झौता गरेको थियो। सिएमसीले तनहुँको हेडवर्क्स, ड्यामलगायतका संरचना बनाउने गरी ठेक्का पाए पनि काम अघि बढाउन नसकेपछि ठेक्का तोड्ने गरी पत्राचार भएको स्रॉतले जनाएको छ ।