Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 18
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अवैध विदेशी रकम पास गराउन सुवासलाई ‘भिआईपी पास’ कसले दिन्छ?

    अवैध विदेशी रकम पास गराउन सुवासलाई ‘भिआईपी पास’ कसले दिन्छ?

    पहिलोक्लिकपहिलोक्लिकApril 8, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: सम्बद्ध सूचनाहरुलाई केलाउँदा पक्राउ परेका विमानस्थलका क्याफे संचालक सुबास श्रेष्ठले आफ्नो कान्तिपुर क्याफेबाट वास्तबमै मःम:, चाउमिन बेच्थेकी अन्य अवैध धन्दा गर्थे भन्ने कुरा यतिबेला शंका विषय भएको छ।

     

    सूचना अधिकारी हरुका अनुसार श्रेष्ठद्वारा संचालालित एक कान्तिपुर क्याफे र अर्को ड्राइ फुड मात्रै बेच्ने विमानस्थलको प्रस्थान कक्षको स्टेरीलाईज्ड हलमा उनको कफी सप छ। जहाँ उनले कफी सपमा पहिले नै विदेश लैजानका लागि डलर तयारी अवस्थामा राखेका थिए ।
    डलर लिएर विमानतर्फ जाँदै गर्दा उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

     

    अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परेका व्यापारी श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्ने निर्णय आइतबार भएको छ ।

     

    श्रेष्ठले विमानस्थल पार्किङ्ग एरियामा चलाएको कान्तिपुर क्याफेबाट चाउमिन र मःम जस्ता खाद्यान्नका प्याकेट स्टेरीलाईज्ड हलस्थित कफी शपमा लगेर विक्री गर्ने गरेका थिए । मःमको प्याकेटमा साँच्चै मःम नै जान्थ्यो कि डलर ? यसबारे प्रश्न उठेको छ ।

     

    कफी शपमा ड्राई फुड मात्रै बेच्न पाउने भनिएपनी मःम, चाउमिको प्याकेटको आवरणमा शंकास्पद बस्तु ओसार–पसार समेत गर्र्थे कि भन्ने शंका पैदा भएको विमानस्थालमा कार्यरत एक उच्च सुरक्षा अधिकारी बताउँछन् ।

     

    शुक्रवार दिउँसो ठुलो परिणाममा अवैध डलर बोकेर थाईल्याण्ड जाँदै गरेका श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

     

    काठमाडौं–७ मित्रपार्क स्थायी वतन भएका सुवास श्रेष्ठ, श्रीमती उमादेवी श्रेष्ठ, दुई छोरीहरु र एक छोरासहित पक्राउ परेका श्रेष्ठ परिवारका अन्य सदस्यहरुलाई भने छाडिएको प्रहरीले जनाएको छ ।

     

    व्यापारी श्रेष्ठको साथबाट प्रहरीले थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनीया युआन ८० हजार बरामद गरेको थियो ।

     

    बोर्डिङ गेट नम्बर–५ बाट पक्राउ परेका सुवास श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान कक्षमा कफी शप सञ्चालन गर्दै आएका छन् । विमानस्थलको पार्किङ्ग एरियामा ‘कान्तिपुर क्याफे’ समेत सञ्चालन गर्दै आएका श्रेष्ठले विगतमा पनी डलर तस्करी गर्दै आएको

     

    आशंकामा थप अनुसन्धानको काम भईरहेको विभागका एक अधिकृतले जानकारी दिएका छन् ।
    शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्य सहित बैंकक जाँदै थिए ।

    जो ‘भिआईपी पास’ लगाएर छिरे !

    शुक्रवार मध्यान्ह सुवास श्रेष्ठ थाईल्याण्ड जाने बेला भिआईपी पास लगाएर अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षतर्फ गएका थिए । भिआईपी पास लगाएर जाँदा अन्य यात्रुलाई जस्तो चेकजाँच हुँदैन् । प्रस्थान कक्षको स्टेरीलाईज्ड हलमा उनको कफी सप छ ।

     

    त्यहि कफी सपमा उनले पहिले नै डलर तयारी अवस्थामा राखेका थिए । डलर लिएर विमानतर्फ जाँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

     

    उनको पसल यस्तो ठाउँमा छ, जहाँ सुरक्षा जाँच कटेपछि पुगिन्छ । उनको कफी सपमा पुगेपछि कुनै सुरक्षा जाँच हुँदैन् । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) सन्दिप भण्डारीले शुक्रवार मध्यान्ह पक्राउ परेपछि श्रेष्ठलाई आफ्नै रोहवरमा छाड्न आदेश दिएका थिए ।

    Facebook Comments Box

    क्याफे संचालक सुबास श्रेष्ठ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.