काठमाडौँ: रक्षा मन्त्रालयको बेरुजु झण्डै दोब्बरले बढेको छ। गत बर्षको महालेखा परीक्षकको प्रतिवेदनमा ६ अर्ब ५१ करोड १० लाख ८५ हजार बेरुजु थियो।
अहिले बढेर ११ अर्ब १४ करोड ७२ लाख ८८ हजार पुगेको छ। रक्षा मन्त्रालयमा बेरुजु देखिनुमा नेपाली सेनाको ठूलो भूमिका छ। किनभने बजेटको ठूलो हिस्सा सेनामा जान्छ।
गएको बर्ष बेरुजु बढी हुने मन्त्रालयमा रक्षा मन्त्रालय पाँचौं नम्बरमा थियो भने अहिले तेस्रोमा उक्लिएको छ। बेरुजु बढी हुने मन्त्रालयको पहिलो सूचीमा अर्थ मन्त्रालय छ भने दोस्रोमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय छ।
Facebook Comments Box