काठमाडौँ: तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ
विमानस्थलभित्रै पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि विमानमा आगो लागेको थियो।
दुर्घटनामा विमानस्थलमा कार्यरत सेक्युरिटी गार्ड र समिट एयरकै कोपाइलटको पनि मृत्यु भएको छ। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ।
आज बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो । विमानमा के कति यात्रु थिए पुष्टि भएको छैन।
Facebook Comments Box