काठमाडौं : सहुलियत कर्जा प्रवाहलाई वार्षिक लक्ष्य निर्धारण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुरुपका कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
एकीकृत कार्यविधि, २०७५ अनुसार सहुलियत कर्जा अन्र्तगत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म दिने व्यवस्था छ ।
साथै, महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म र भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँ सम्मलाई सहुलियत कर्जा अन्तर्गत राखिएको छ ।