काठमाडौँ: नेपाली सेनाका प्रधानसेनापति तथा महारथी पूर्णचन्द्र थापाले सेनाभित्र बढ्दो आचार संहिता क्षयीकरणले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप बढ्न गई ‘माइक्रो-म्यानेज्ड’ हुन सक्ने अवस्था सिर्जना हुने तर्फ इङ्गित गरेका छन् ।
“सेनाभित्र अनुशासन र आचरण सम्बन्धि विषयले छुट हुने अवस्थाले संस्थाको छवि क्रमस क्षयीकरण हुँदै जाने र यसले दीर्घकालमा राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने बारे हामी सबै सजग हुने पर्दछ, साथै यसले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप एबम ‘माइक्रो-म्यानेज्ड’ हुन सक्ने अवस्था सिर्जना हुन सक्छ,” उनले भने।
सो धारणा आज प्रधानसेनापति थापाले ‘सैनिक आचरण संहिता संग्रह-२०७६ लागु गर्दै जंगी अड्डामा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन्।
उत्कृष्ठ सैनिक अनुशासन र आचरणसहितको सैनिक आचरणको विकास गर्नका लागि यसै वर्षबाट प्रत्यक वर्षको पहिलो महिनाको पहिलो हप्तालाई आचार संहिता सप्ताहको रुपमा सचेतना अभियान संचलान गरिने छ।
यस संहिता स्वदेश तथा विदेश र नेपालस्थित सबै युनिट फोर्मेसनहरुमा आजैबाट लागउने छ।
सन्चै भन्ने हो भने आचार संहिता मनाउनु पर्ने संस्था नेपाली सेना हो या होइन, नेपाली सेना आफैले सैनिक आचार संहिता मनाउनु पर्ने विषयलाई म विडम्बनापूर्ण र गम्भीर रुपमा समेत मैले लिएको छु।
किनकी हामीले हुनसक्छ विगतमा राम्रो आचारसंहिता पालन गर्न सकेनौं। त्यसैले आज हामी आचार संहिता दिवस मनाउन यहाँ उपस्थित भएका छौँ।
हामीले अहिले आफैले आफैलाई सुधार गर्नु पर्ने बेला आएको छ भन्ने समेत यसले अंकित गर्दछ। अहिले हामीले सुधार गरेनौं भने कहिल्यौ सुधार हुनेछैनौं। मैले भन्न खोजेको कुरा र संकेत तपाईंहरुले बुझ्नु भयो होला भन्ने मैले बिश्वास लिएको छु।
नेपाली सेनाले सबै जनताले आर्जेको संस्था हो।
नेपाली सेनाको लौह अनुशासन, बलियो चेन अफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावान र अविछिन्न सांगठानिक लक्षद्वारा निर्देशित रहँदै आएको, उनले बताए।
हामी चेन अफ कमाण्डको मूल्य मान्यता र दायर भित्र बसेका छौं या छौनौं आफैले आफैलाई मुल्यांकन गरौँ, उनले भने। “अब म त्यो दायरमा नबस्नेलाई छुट दिनु मुडमा छैन,” उनले भने।
“हामी सबै सर्बप्रथम आफ्नो आचरणप्रति सजग रही सैनिक सैनिक व्यक्ति र संगठनको स्वच्छ चरित्र निर्माण गर्न तर्फ केन्द्रित हुनु अपरिहार्य छ,” थापाले भने। “तर स्वच्छ छवि कायम गर्न सजिलो छैन, म आफै दिन रात आफ्नो स्वच्छ छवि कायम राख्न प्रयासरत छु,” उनले भने।
तर हाम्रो संगठनको छवि धुल्मिल्याउने प्रयास गर्नेहरु पनि केहि हदसम्म सक्रिय नै छन् तर यो संगठन प्रमुखको हैसियतले तपाईंहरुको लागि चाहेर पनि म गलत काम गर्न सक्दिन किनकि मैले तपाईंहरुसंग केहि बाचाहरु गरिसकेको छु जसबाट म भाग्न सक्दिन र भाग्ने पनि छैन, उनले भने।
प्रधानसेनापति थापाले सचेत गराउंदै उनले भने, “नेपाली सेनाका सकलदर्जाले आफ्नो जिम्मेवारी र आचरणप्रति सतर्क, सजक रहनु पर्ने छ अन्यथा जोकोही कडा कारवाहीको दायराभित्र आउनु पर्न सक्छ।”
उनका अनुसार सेनाका सबै सम्बन्धित निकाय र जिम्मेवारी बोकेका कार्यालयहरुमा आफुले गर्न हुने र गर्नु पर्ने र गर्न नहुने नियमावली, निर्देशिका तयार गर्नुका साथै परिपत्रहरु गरिएका छन्।
संहिताले नेपाली सेनाको मूल्य र मान्यताहरु, सामान्य शिस्टाचार, उपहार लेनदेन सम्बन्धि, आर्थिक कारोबार सम्बन्धि, भर्ना छनोट सम्बन्धि, शिक्षक अधिकृतहरुले पालन गर्नु पर्ने आचार संहितासम्बन्धि , लैंगिक आचार, राजनीतिक वा अन्य व्यक्तिहरुसंग भेटघाट गर्ने तथा अभिव्यक्ति दिने सम्बन्धि, विदेशीहरुसंग सम्बन्ध भेटघाट तथा अन्तर्रक्रिया र मिडिया लगायतका विषयहरु समाबेश गरी हालै ‘सैनिक आचार संहिता संग्रह-२०७६ प्रकाशित गरि वितरण गरिएको छ।
“खास गरी यो आचार संहिता कुनै पनि हास्यव्यङ्गको पुलिन्दा होइन भन्ने बारे सबै प्रस्ट हुने पर्ने पनि त्यतिकै जरुरी छ, ” उनले भने।
यस संहिताले विधि र पद्धतिबाट संगठनको संचालनले पारदर्शिता, उत्तरदायित्व बोध, र जवादेहिता वृद्धि गर्न मद्धत गर्दछ, उनले भने।
संहितामा सैनिक सबैले पालन गर्नै पर्ने, गर्नु हुने र गर्न नहुने निर्देशनहरु जारी गरि यस संहिता पूर्ण रुपमा व्यवहारमा उतार्न यस आचार संहिता मूल उदेश्य भएको पनि उनले बताए।
“नेपाली सेना जस्तो संगठनमा अव ‘माथिको आदेश र माथिलाई बुजाउनु पर्छ’ भनेर रकम उठाउने छुट कसैलाई हुँदै र हुनेछैन,” उनले भने। माथि बुझानु पर्छ भनेर बुझ्ने र बुझाउनेहरुलाई पनि अव कारवाही हुन्छ म त्यस्ताहरुका लागि पनि केही प्रमाण खोज्दै छु र प्रयास गर्दै छु, तर म एक्लैले प्रमाण जुटाउन सक्दिन त्यसमा तपाईंहरुको साथ, सहयोग र लगनशिलता आवश्यक छ,उनले भने।
उनले भने, ” सेनामा सकारात्मक सोच, सैनिक सदाचार र संस्थागत स्वार्थ नै सर्बोपरी हो भन्ने कुराको विकास हुनु पनि त्यतिकै अपरिहार्य छ।”
नेतृत्व संवाद (लिडरशीप डायलग) हाम्रो आचरण विकासमा ठुलो भूमिका खेल्दछ भन्ने मैले ठुलो विश्वास लिएको छु। साथै नेतृत्व संवाद कार्यक्रमबाट परेको प्रभाव र यस सम्बन्धमा प्राप्त पृष्ठपोषणहरु हामी सबैका लागि उत्त्साहजनक छ ।
नेपाली सेनालाई निश्चित प्रणालीबाट चल्ने संगठन अर्थात सिस्टम ड्रिभन संगठनका रुपमा विकास गर्न कार्यमा सेना प्रयासरत रहेको पनि उनले बताए।
संहिताको अर्को पक्ष भनेको आफु आचरण वा आचारभित्ररही भ्रष्टाचार हुन नदिनु र भ्रष्टाचार रोक्नु पनि हो, उनले भने।
सैनिक व्यक्तिले सेवा रहंदा वा सेवा निवृत्त भएपछी पनि सैनिक कर्तब्य र मूल्य मान्यताविपरीत कार्य नगर्न, नगर्नु तथा व्यक्तिगत स्वार्थाका लागि गैरजिम्मवारपूर्ण चरित्र प्रदर्शन नगर्नु हाम्रो पेशागत धर्म हो, उनले भने।
“अनुशासन र आचरण सम्बन्धि विषयले छुट हुने अवस्थाले संस्थाको छवि क्रमस क्षयीकरण हुँदै जाने र यसले दीर्घकालमा राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने बारे हामी सबै सजग हुने पर्दछ,” उनले भने। साथै यसले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप एबम ‘माइक्रो-म्यानेज्ड’ हुन सक्ने अवस्था सिर्जना हुन सक्छ।
हामीले सैनिक सेवामा रहंदा गल्दै गर्यौं भने अवकास भएपछी पनि गलत गर्नेलाई पनि सनिक एनको पहूँचले भ्याएसम्म कारवाही हुनुपर्दछ र त्यस किसिमको व्यवस्था मैले आवशयक ठानेको छु र त्यसै गरी सैनिक एनमै पनि अवकास पश्चात पनि कारवाही गर्ने केहि प्राबधान अहिलेकै एनमा पनि बिध्यमान रहेको छ, उनले भने।