काठमाडौँ: कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी विभागीय मन्त्रीस्तर निर्णयअनुसार उक्त मन्त्रालयका सहसचिव रघुराम विष्ट नियुक्त भएका छन् ।
नवनियुक्त सञ्चालक सदस्यलाई कृषि विकास बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा कृषि विकास बैंक संचालक सदस्यहरु विष्णुप्रसाद नेपाल, डा. इन्दिरा श्रेष्ठ (मास्के),संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईँ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कम्पनी सचिव निर्मलप्रसाद उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेलको समेत उपस्थित रहेको थियो ।