काठमाडौँ: शेयर बजार सूचक घटे पनि खरिदबिक्रीले भने उत्साह बढाएको छ । नेप्से परिसूचक सोमबार ९.१३ अंकले घटेर १३०७.७१ विन्दुमा अडिएको छ ।
समग्रमा बजार ०.६९ % ले तल झरेको हो । १७२ कम्पनीको १ अर्ब २२ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । ३३ लाख ९८ हजार ६८० कित्ता शेयर खरिदबिक्री भएका छन् । नेप्सेमा ११ वटा समूहको शेयर कारोबार भएकामा २ समूहका सूचक बढेका छन् भने बाँकी समूह तल झरेका छन् ।
सबैभन्दा धेरै हाइड्रोपावर समूह १६.५९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ७.२७ अंकले घटेको छ । कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रस्थान लिएको छ । शिवमको २५ करोड २१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र हिमालयन डिस्टिलरी परेका छन् ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ९.९१% का दरले कमाएका छन् । धेरै कमाउनेमा दोस्रो र तेस्रो स्थानमा क्रमशः मटिल्पर्पोज फाइनान्स र सिन्धु विकास बैंक परेका छन् । यता, सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता परेका छन् । यसको भाउ ७.७६% ले घटेको हो ।