काठमाडौँ: कृषि विकास बैंकले कर्जाको व्याज दरमा परिमार्जन गरेको छ ।
बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी साविक कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको बैंकद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
बैंक संचालक समितिको असार पाँच गतेदेखि लागु हुने गरी कर्जाको व्याज दरमा परिमार्जन गरेको हो ।
त्यसैगरी निक्षेपको व्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १ प्रतिशत थप हुने गरी बृद्धि गरेको छ ।
Facebook Comments Box