काठमाडौँ: नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य लगभग सकिएको छ ।
पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म जमीनमुनि पाइप ओछ्याउने काम सबै सम्पन्न भएकोे र कहिँ प्राबिधिक कम मात्रै बाँकि भएको नेपाल आयल निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए ।
उनले भने-अवको एक महिना भित्र अर्थात् साउन महिना भित्र पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने तयारी हरेका छौ तर कहिले उद्घाटन गर्ने भने मिति भने तय भएको छैन ।
उनका अनुसार स्विच अन गर्न साथ पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने अवस्थामा पुगेको छ ।
परिक्षणको रुपमा पहिलो चरणमा पाइपलाइनमार्फत डिजेल मात्र ल्याउने र पछि सबै पेट्रोलियम पदार्थ ल्याउने ल्याउने गोइतले बताए ।
नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले सहयोग गरेको हो ।
पथलैयादेखि अमलेखगञ्जसम्म नौ किमी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुन्जभित्रका रुख काटन सरकारले ढिलो स्वीकृति दिएकोले परियोजनाको काम कहिँ ढिलो भएको थियो ।
यधपी, काम शुरु भएको ३० महिनामा परियोजनाको काम सक्ने लक्ष्य भएपनि लगभग लक्ष्यको आधा सामयामा अर्थात् १६/१७ महिनामा सकिने भएको छ ।