काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपिओ आइतबार बन्द हुँदैछ । यस संस्थाले बिक्रीमा ल्याएको ५ लााख ३० हजार कित्ता आईपीओमा आवेदन गर्र्ने आज अन्तिम दिन हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेपछि आज आइतबारदेखि नै आईपीओ बन्द गर्न लागिएको हो।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुसार आइतबार बिहान साढे १० बजेसम्ममा कम्पनीको आईपीओमा २ लाख ६५ हजार ५८५ वटा आवेदन मार्फत ४९ करोड ३५ लाख ४९ हजार रुपैयाँ बराबरको ४९ लाख ३५ हजार ४९० कित्ता शेयर खरिदको लागिआवेदन परेको छ।
सबैको लघुवित्तले एनआइबीएल एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ताआइपीओ निष्कासन गरेको थियो ।
कूल निष्काशनमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन्।
लघुवित्तको यस शेयरमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। मागभन्दा अत्याधिक धेरै आवेदन परिसकेकाले कम्पनीको आइपीओमा १० कित्ताको लागि नै आवेदनदिनु बुद्दिमानि हुन्छ ।
लघुवित्तको आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर मार्फत आवेदनदिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गर्ने आईपीओलाई इक्रा नेपालले ुइक्रा एनपी आईपीओ ग्रेड ४ु रेटिङ दिएको छ ।