काठमाडौँ: हिमालय एअरलाइन्सले बांङ्गलादेशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ ।
प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ ।
केवल एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको एअरलाइन्सले जनाएको छ ।
यो नया“ रुटले नेपालको एसियाली मुलुकस“ग सम्पर्क अझ बढावा दिने आशा गरिएको छ । हिमालय एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बांङ्गलादेशमा आफ्नो जिएसए (साधारण विक्री एजेन्ट) का रुपमा नियुक्ति गरेको छ ।
करिब ८० लाख जनसंख्या भएको ढाका दक्षिण एसियाको प्रमुख सहरहरु मध्ये एक हो । बांङ्गलादेशको ठूलो र विश्वकै अधिक जनसंख्या भएको शहर ढाका परम्परागत रुची राख्नेहरुका लागि उपयुक्त पर्यटकीय गन्तव्य स्थल हो ।
नेपाल भ्रमण आउने पर्यटकहरुमा बांङ्गलादेशी पर्यटकको योगदान औसत २ प्रतिशत रहेको छ र सन् २०१९ को जनवरी देखि जुन २०१९ सम्म १०,५९० बांङ्गलादेशी पर्यटक नेपाल आएका छन् ।
अघिल्लो वर्ष सन् २०१८ को दा“जोमा बांङ्गलादेशी पर्यटकको संख्या करिब २५ प्रतिशतले घटेको छे । नया“ सञ्जाल प्रारम्भ गरे स“गै हिमालय एअरलाइन्स्ले ठूलो संख्यामा बांङ्गलादेशी पर्यटकलाई नेपाल भित्र्याएर भ्रमण वर्ष २०२० को पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न आफ्नो योगदान पु¥याउने आशा गर्दछ ।