काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको संस्थापक समूहको लिलामी सेयरमा बोलपत्र भर्ने आज शुक्रबार अन्तिम दिन हो ।
कम्पनीले गत साउन ३ गतेदेखि ९० हजार ५७१ कित्ता लिलामी सेयर खुला गरेको हो ।
गुराँस लाइफले यसअघि असार ५ देखि २२ गतेसम्म सर्वसाधारणतर्फ ८२ हजार ५ कित्ता र संस्थापकतर्फ २ लाख ४० हजार ५७१ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
त्यसबेला संस्थापक समूहको सबै सेयर बिक्री नभएपछि बाँकी सेयर फेरि लिलामीमा ल्याइएको हो ।
गुराँसको संस्थापक सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन् ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, नयाँ बानेश्वर काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।