काठमाडौं ःएनएमबि म्युचुअल फण्डले आज आइतबार लाभांश घोषणा भएको छ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५र०७६ बाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
आजको यो प्रस्तावमा आफूले सञ्चालन गर्ने दुबै सामूहिक लगानी कोषहरु एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ र एनएमबि हाइब्रिड फण्ड एल १ का लगानीकर्ताले पनि लाभांश पाउनेछन ।
यसैगरि एनएमबि हाइब्रिड फण्ड एल १ को पनि आइतबार सम्पन्न सञ्चालक समिति बैठकले इकाईधनीलाई आर्थिक वर्ष २०७५र०७६ बाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले अघिल्लो आर्थिक वर्ष २०७४र०७५ २१।०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने २०७३ भदौमा इकाई जारी गरेको एनएमबि हाइब्रिड फण्ड एल १ को यो पहिलो लाभांश हो।
एनएमबि म्युचुअल फण्डले भोली साउन १३ गते सोमबारदेखि एनएमबि ५० नामक अर्को सामूहिक लगानी कोषको इकाई बिक्रीमा ल्याउँदैछ।