काठमाडौं : सिद्धार्थ क्यापिटलको आज बिहीबारदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ को आइपिओ विक्रिमा आएको छ ।
१ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई आज साउन २३ देखि बजारमा बिक्री खुला भएको हो ।
यसमा साउन २७ गतेसम्म आवेदन दिन सकिन्छ ।
उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भदौ २० गतेसम्म खुला रहने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
सिद्धार्थ म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड हो ।
अहिले सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम सञ्चालनमा रहेको छ ।
सिद्धार्थ इक्विटी फन्ड साउन ६ गते परिपक्क भएको छ । यसअघि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम पनि परिपक्क भई खारेज समेत भइसकेको छ ।