Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पशुपतिनाथका चलअचल सम्पत्ति सदुपयोग गर्न व्यवहारिक कानुनको माग

    पशुपतिनाथका चलअचल सम्पत्ति सदुपयोग गर्न व्यवहारिक कानुनको माग

    पहिलोक्लिकपहिलोक्लिकAugust 13, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

    विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिनुभएको छ ।

    समितिका सभापति दिलकुमारी रावलले भन्नुभयो, ‘‘पशुपतिका नाममा रहेको चलअचल सम्पत्ति एकीकृत गर्न व्यावहारिक कानूनी समस्या के के छ त्यसको जानकारी पाए सरोकार भएका सबै निकायलाई समितिको बैठकमा डाकी समस्या समाधानमा सहयोग गर्छौँ ।”

    गुरुयोजना ५० वर्षसम्मका लागि बनाइनुपर्ने सुझाव पनि समितिले दिएको छ ।

    हाल कोषको गुरुयोजना निर्माण भइरहेको छ । काठमाडौँ महानगरपालिका, ३ नं। प्रदेश सरकारलगायत सरोकार भएका सबै निकायलाई पशुपतिलाई व्यवस्थित गर्ने छलफलमा डाकिने प्रतिबद्धता सभापति रावलको थियो ।

    समितिले चासो दिएर छलफलमा बोलाएपछि नापी विभागले पशुपति क्षेत्रको जग्गा नापजाँचमा सहयोग गरेको थियो ।

    सांसद खिमलाल भट्टराईले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका मन्दिर, धर्मशाला, पाटीपौवालगायत संरचना अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । पशुपति क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न गौशालालाई आधुनिक बनाइनुपर्ने उहाँको भनाइ थियो ।

    पशुपति क्षेत्र विकास कोषले चलाएको नेपाल वेद विद्याश्रमलाई समेत व्यवस्थित बनाउन सांसद भट्टराईले सुझाव दिनुभयो ।

    सम्पदा स्थललाई पर्यटनसँग जोडेर अर्थतन्त्र वृद्धिमा उपयोग गर्नुपर्ने सांसदहरुको भनाइ थियो ।

    सांसद खेमराज नेपालीले पशुपतिनाथका नाममा रहेको जग्गा जमीन एवं सम्पत्तिको दुरुपयोग हुनु नहुने बताउनुभयो । पशुपतिका नाममा रहेको गुठी जग्गा उपभोग गर्नेले समयसापेक्ष भाडा दिने गरी व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो । पशुपतिका केही जग्गा धेरै वर्ष पहिलेजस्तो अझै मानापाथी कुत आउने गरी दिइएको छ । त्यसमा पुनरावलोकन गर्न पनि सांसदहरुले सुझाव दिनुभयो ।

    सांसद सुरेन्द्रराज पाण्डेले सम्पत्ति भए पनि पशुपतिनाथले मागेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनुभयो ।

    विश्वभरका वैदिक सनातन धर्मावलम्बी आउने पशुपति क्षेत्र वरपरका सडकमा जेब्रा क्रस र आकाशे पुल नहुँदा आवतजावत एवं बाटो काट्न समस्या हुने गरेकाले सरोकार भएका निकायलाई बनाउन आह्वान गर्नुपर्ने उहाँको भनाइ थियो ।

    आर्यघाट क्षेत्रको अव्यवस्था हटाउन पनि सांसद पाण्डेले कोषको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रामचन्द्र राईले धार्मिक आस्था लिएर आउने तीर्थयात्री पशुपति क्षेत्र वरपरको फोहर देखेर नकारात्मक सोच लिएर फर्कने गरेकाले प्रत्येक दिन व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

    सांसदहरु धना खतिवडा, कोमल वली र दीपा गुरुङले चाडपर्व मेलाका समयमा भक्तजनलाई मन्दिर प्रवेशमा सहज हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

    समिति सचिव सुदर्शन कुइँकेलले विद्युतीय शवदाह गृह सफाइ गर्दा तीन घण्टासम्म बन्द गर्दा शव दाउराबाटै जलाउन बाध्य हुनुपरेको गुनासो आएकाले समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

    सांसदका जिज्ञासाको सम्बोधन गर्नुहुँदै कोषका सदस्य–सचिव ढकालले गुह्येश्वरीबाट तिलगङ्गासम्मको नदी सफाइ गर्न प्राविधिक अध्ययन भएकाले एक वर्षभित्र यस क्षेत्रको पानी सफा गर्ने कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

    पशुपति क्षेत्रको भौतिक विकासका लागि सरकारले वार्षिक रु ३५ करोड विनियोजन गर्ने जानकारी समेत सो अवसरमा उहाँले दिनुभयो ।

    पशुपति क्षेत्रलाई नै ‘डम्पिङ साइट’ बनाउने एकथरीको योजनालाई विफल बनाउने गरी कोष लागेको उहाँको भनाइ थियो ।

    सहयोगभन्दा असहयोग गर्ने संयन्त्रका कारण काम सोचेजति छिटो गर्न भने नसकिएको सचिव ढकालको स्वीकारोक्ति थियो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.