काठमाडौं ः गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७% बोनस सेयरको घोषणा गरेको छ ।
यस लघुवित्तले बोनसमा लाग्ने कर तिर्नका लागि लगानीकर्तालाई ०.३६% नगद लाभांश पनि दिने निर्णय गरेको छ ।
हिजो मंगलबार बसेको सञ्चालक समिति बैठकले ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस सेयर र ३ लाख ८१ हजार ३१५ रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।
हाल गणपतिको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५७ पैसा छ ।
